हेटौंडा । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत ‘उचित तथा अनुचित स्पर्श एवम् साइबर सुरक्षा’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम हेटौंडा–१५ फायर लाइनस्थित श्री वनदेवी आधारभूत विद्यालयमा सम्पन्न भएको छ। आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा तथा वनदेवी आधारभूत विद्यालयको सहयोगमा सम्पन्न कार्यक्रममा संस्थाकी अध्यक्ष भावना सापकोटाले अध्यक्षता तथा
हेटौंडा उपमहानगरपालिका–१५ का वडा सदस्य मिनु विश्वकर्माले प्रमुख अतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थीमा जोखिम चिन्न र सुरक्षित रहन सिकाइको महत्वलाई जोड दिइएको थियो । उक्त विषयलाई सहजीकरण आशिष दुलालले गरेका थियो।
वनदेवी तथा श्री आधारभूत विद्यालयका कक्षा ६ देखि ८ मा अध्ययनरत करिब ७० विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा संस्थाकी उपाध्यक्ष निरा शर्माको स्वागत मन्तव्य र कोषाध्यक्ष निर्मला व्लोनको सञ्चालनमा अघि बढेको थियो।
विद्यालयका प्रधानाध्यापक जयप्रसाद पोखरेलले शुभकामना व्यक्त गर्दै यस्तो खालको अभिमुखीकरणले विद्यार्थीमा सचेतना बढाई विद्यालयमा सुरक्षित वातावरण निर्माणमा सहयोग पुर्याउने बताए । प्रमुख अतिथि विश्वकर्माले विद्यार्थीले सिकेका कुरालाई दैनिक व्यवहारमा लागू गर्न सके अभियानको उद्देश्य पूरा हुने धारणा व्यक्त गर्दै कार्यक्रमको सफलताको प्रशंसा गरेकी थिइन् ।














प्रतिक्रिया दिनुहोस्