बागमती प्रदेशको राजधानी हेटौंडामा घरेलु उत्पादन,कृषि उपज प्रर्दशनी मेला तथा साँस्कृतिक नृत्य प्रतियोगिता २० सूरु भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० को आयोजनामा २ दिने घरेलु उत्पादन प्रर्दशनी तथा नृत्य प्रतियोगिताकोपुष २ गते सोमबार उद्धघाटन भएको हो ।
बागमती प्रदेशका प्रथम मुख्य मन्त्री डोरमणि पौडेलले कार्यक्रको उद्धघाटन गरेका हुन् ।
वडा नम्बर–१० स्थित बसपार्कमा स्टलहरू सहितको प्रदर्शनीमा हेटौंडाका १९ वटै वडामा रहेका घरेलु उत्पादनलाई प्रदर्शनीमा राखिएको छ ।
वडा नम्बर १० का वडाध्यक्ष पुर्व दोजे तामाङ्गको सभाध्यक्षता प्रमुख अतिथ्यता रहेको थियो भने कार्यक्रममा साँसद, बिभिन्न राजनीतिदलका नेता, बिभिन्न वडाका वडाध्यक्ष लगायतको आतिथ्यता रहेको थियो ।





















प्रतिक्रिया दिनुहोस्