कार्यक्रममा सहभागीहरु ।

हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्र फोहोर संकलन गर्ने तथा व्यवस्थापन गर्ने मजदुरहरुका स्वास्थ्य तथा सुरक्षाका लागि अभिमुखीकरण गरेको छ । बिहीबार हेटौंडा–१०,स्थित फोहोर व्यवस्थापन केन्द्रमा ग्रिन एण्ड क्लीन सिटी सर्भिस प्राइभेट लिमिटेडले हेटौंडाको १९ वटा वडाभित्र रहेर सरसफाइ तथा फोहोर व्यवस्थापन गर्ने मजदुरहरुका लागि स्वास्थ्य सुरक्षा सम्बन्धी एकदिने अभिमूखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको सहयोग रहेको थियो । संस्थाका नवराज खतिवडाको सभाध्यक्षमा तथा नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

बिहीबार भएको अभिमुखीकरण कार्यक्रममा हेटौंडा भित्रको क्षेत्र भित्र रहेर दैनिक रुपमा फोहर संकलन तथा व्यवस्थापनमा काम गर्ने सरसफाई मजदुरहरुको स्वास्थ्य तथा सुरक्षाको लागि सामाजिक सुरक्षा कोषको थालनी पनि गरिएको नगर प्रमुख मीना कुमारी लामाले बताएकी छिन् । दैनिक ५३ जना सरसफाईमा काम गर्ने मजदुरलाई सुरक्षा कोषमा संलग्न गराउने कार्यक्रमको सुभारम्भ गरिएको उनले बताइन् । हेटौंडा–१० नम्बरका वडा अध्यक्ष फुर्वा दोर्जे तामाङले उपमहानगरको फोहर व्यवस्थापन साझेदारी सस्था हेटौंडाको ग्रिन एण्ड क्लिन सिटी मार्फत काम गर्दै आएको बताइएको छ ।

फोहोर मैला व्यवस्थापनमा काम गर्नेहरुका पेसागत सुरक्षाका लागि आवश्यक अबलम्बनका लागि यही पोशाकको व्यवस्था गरिने बताइएको छ । फोहोर मैला श्रोतको वर्गीकरण गरेर रंग र बारमा आधारित फोहोर संकलन कार्य भइरहेको बताइएको छ । फोहोर संकलन गरेर त्यसलाई छुट्याएर पुन प्रयोगमा आउनेलाई विक्री गरिने बताइएको छ । हाल फोहोर संकलन र व्यवस्थापनमा हेटौंडामा ५३ जना कर्मचारी रहेका छन् ।

रातो समाचार संवाददाता
थप जानकारी