हेटौंडा । हेटौंडा–४,स्थित हेटौंडा क्याम्पसले बागमती विश्वविद्यालयसँगको सहकार्यमा आगामी शैक्षिक सत्रदेखि हेटौंडा विभिन्न नवीन तथा समय सापेक्ष शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । शुक्रबार हेटौंडा क्याम्पसले क्याम्पसको सेमिनार हलमा क्याम्पसले आयोजना गरेको “नवीन शैक्षिक कार्यक्रम र करियरका अवसरहरू” विषयक कार्यपत्रमार्फत नयाँ कार्यक्रमहरूबारे जानकारी गराएको छ । कायाम्पसले कार्यक्रममर्फत सुझाव संकलन गर्ने लक्ष्य लिएको जानकारी गराएको हो ।
शुक्रबार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा स्थानीय स्तरमै गुणस्तरीय र व्यावसायिक शिक्षा उपलब्ध गराउँदै विद्यार्थीलाई आधुनिक ज्ञान, सीप र रोजगारीसँग जोड्नु नै लक्षय रहेको क्याम्पसका प्रमुख डा. देव चन्द्र मान्नधरले बताएका छन् । आगामी शैक्षिक सत्रदेखि सूचना प्रविधि, व्यवस्थापन, कानून, होटल व्यवस्थापन र शिक्षा संकायअन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गरिने बताइएको हो ।
शिक्षा संकायअन्तर्गत सञ्चालन हुन लागेको शिक्षाशास्त्र स्नातक (द्य.भ्म.) कार्यक्रमलाई आधुनिक र प्रविधिमैत्री बनाइएको छ। यसमा दोहोरो मुख्य विषय (म्यगदभि :बवयच), व्यावसायिक विषय र सूचना प्रविधि सम्बन्धी पाठ्यक्रम समावेश गरिएको छ। यसले विद्यार्थीलाई आधुनिक शिक्षण पद्धति, नेतृत्व क्षमता, शैक्षिक परामर्श तथा पाठ्यक्रम विकासमा दक्ष बनाउने विश्वास गरिएको क्याम्पसका सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले बताए ।
डिजिटल युगको आवश्यकतालाई मध्यनजर गर्दै विद्यार्थीहरूले सफ्टवेयर निर्माण, डाटाबेस व्यवस्थापन, नेटवर्किङ तथा साइबर सुरक्षासम्बन्धी ज्ञान हासिल गर्ने बताए । अध्ययनपछि सफ्टवेयर इन्जिनियर, वेभ डिजाइनर, साइबर सुरक्षा विशेषज्ञ तथा आईटी व्यवस्थापकका रूपमा करियर बनाउन सकिने मानन्धरले बताएका हुन् ।
क्याम्पसका सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षतामा आयोजित कार्यक्रममाक्याम्पसका सहायक प्रमुख डाक्टर लिलानाथ ढुंगेल, डा. विजय नेपाल, प्राध्यापक अर्पण पराजुली लगायतकाको आतिथ्यता रहेको थियो ।




















प्रतिक्रिया दिनुहोस्