रोशन दिप – हिजो देखी सुरु भएको दुई दिने हेटौंडा कला–साहित्य महोत्सव–२०७९ आज सम्म सन्चालन हुँदै छ।

हेटौंडा–४ स्थित नवोदय शिशु सदन, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र काठमाडौं पब्लिकेसनको आयोजनामा महोत्सव सुरु भएको हो।

पहिलो दिन हिजो विद्यार्थी, शिक्षक, अभिभावकका लागि विभिन्न विषयमा २० वटा कार्यशाला सन्चालन भएको थियो ।

हेटौंडा उपमहानगरपालिकाको पनि सहयोग रहेको महोत्सवमा हिजो मकवानपुर जिल्लाका ३२ वटा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकको सहभागिता रहेको थियो।महोत्सव संयोजक सिएम रिमालले दिनुभएको जानकारी अनुसार चितवन, नवलपुर, बारा, रौतहट र सर्लाही जिल्लाका विद्यार्थी, शिक्षकको पनि सहभागिता रहेको थियो ।

महोत्सवमा आज शनिबार पनि विविध विषयमा कार्यशालाका साथै अन्तरक्रिया हुँदै छ। नवोदय शिशु सदनमा शैक्षिक संंयोजक दिपेश जोशीले दिनुभएको जानकारी अनुसार विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो।