हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान २०८१ अन्तर्गत नागरिक हस्ताक्षर अभियान आइताबारदेखी सुरु भएको छ।

संयोजक विशालराज महतको संयोजनमा हेटौंडा अस्पताललाइ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिन हुदैन भन्दै सुरु भएको अभियानमा विभिन्न ब्यतित्वहरुले हस्ताक्षर गरिरहेका छन।

हस्ताक्षर संकलन अभियानमा रहेसंगै हरेक नागरिकको पहुँचमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने संविधान प्रदत्त सेवा प्राप्त गर्न पाउने मौलिक हकको कार्यान्वयन गराउनुपर्ने आफूहरूको माग रहेको बताएका हुन्।

आइतबारदेखि अस्पताल परिसरमा सुरु गरेको नागरिक हस्ताक्षर अभियान आगामी फगुन १५ गते सम्मचल्ने जानकारी गराइएको छ । हेटौंडा अस्पतालको स्वामित्व प्रतिष्ठानमा जाने गरी निर्माण गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ खारेज हुनुपर्ने माग गरिरहेको अभियानकर्ताहरु बताउछन् ।

अभियन्ताका रुपमा हेटौंडा अस्पताल बिकास बोर्डका पुर्व अध्यक्ष प्रकाश पौडेल,वरिष्ठ अधिवक्ता केशव गौतम राजनीति दलमा आवद्ध व्यक्तीत्वहरु लगायतको समर्थन रहेको छ ।