रोटरी क्लब अफ मकवानपुरले हेटौड़ा अस्पताललाई अल्ट्रासाउंड मेसिन हस्तान्तरण गरेको छ ।
करिब १८ लाख रुपैयाँ पर्ने मेसिन सहयोग स्वरुप क्लबले सोमबार अस्पताललाई हस्तान्तरण गरेको हो ।
हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटालाई मेसिन हस्तान्तरण गदै मेसिन हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अध्यक्ष कृष्णबहादुर कार्कीले आगामी दिनमा पनि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।
उनका अनुसार रोटरीले विभिन्न क्षेक्रमा सहयोग र सेवामुलक कार्य गर्दै आइरहेको छ ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्तामा गरिएको मेसिन हस्तान्तरण कार्यत्रममा रोटरी संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, पूर्वअध्यक्ष विजयकुमार श्रेष्ठ तथा रोटरी क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्