बागमती प्रदेशको राजधानी हेटौडा–४ स्थित नवोदय शिशु सदन माविले  नमूना संयुक्त राष्ट्र संघीय महासभाको
आयोजना गरेको छ।

नवोदयका विद्यार्थीहरुलेनै आयोजना गरेको संयुक्त संघीय सभा  बिहिबार देखि सुरु भएको हो।

तीन दिन चल्ने कार्यक्रम शनिबार समापन हुने छ।

नमूना संयुक्त राष्ट्र संघीय सभामा संयुक्त राष्ट्र संघीय
सभाको मा  नक्कल गरीएको हो। नमूना महासभामा महासचिवको भूमिकामा  नवोदयमा कक्षा १० मा अध्यनरात  रायन खनाल छन्
विद्यार्थीलाई विभिन्न राष्ट्रको प्रतिनिधित्व गराउँदै राष्ट्रकै पक्षमा रहेर  छलफल गरिदै सम्भावित समाधानहरुको बारेमा धारणा राख्दै बहस गरेका छन् ।

विद्यार्थीहरुको नेतृत्व गर्न सक्ने विकास, उनीहरु भित्र लुकेर बसेको प्रतिभाको विकास गर्न मद्दत पुग्छ भन्ने हेतुले कार्यक्रमको गर्न लागेको हो ।

विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र सुरक्षा परिषद, आर्थिक र वित्तीय मामिला परिषद, खाद्य र कृषि सङ्गठन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम र प्रतिनिधि सभाहरु बनाइएको छ।

मकवानपुर,  चितवन, नवलपरासी, बुटवलका  स्कूलका विद्यार्थीहरु पनि सहभागि भएका छन् ।

विद्यार्थीहरुको नेतृत्व गर्न सक्ने विकास, उनीहरु भित्र लुकेर बसेको प्रतिभाको विकास गर्न मद्दत पुग्छ भन्ने हेतुले कार्यक्रम  गरिएको जनाइएको हो।