बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबारदेखि  अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सुरुभएको छ ।
मकवानपुर जिल्ला बक्सिङ संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा उक्त प्रतियोगिता हेटौंडा–४, परिजातपथमा रहेको कभर्ड हलमा भएको हो ।

फाल्गुन ३० गतेबाट शुरु गरिएको खेल चैत ४ गते समापन हुने छ ।

करिव ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन मंगलबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गरेकी हुन् ।

प्रतियोगिताको उद्घाटनमा नेपाल बक्सिङ संघका महासचिव सविन भट्टचार्य, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरिबहादुर महत, हेटौंडा ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देल लगायतको उपस्थिति रहेको थियो ।