नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उपाध्यक्ष विष्णु पौडेलले स्थानीयको व्यवस्थापनपछि मात्रै तिनाउ– दानव नदी करिडोरको काम अघि बढ्ने बताउनुभएको छ । बुटवल–१३ मा आज आयोजित पार्टीको भेलामा बोल्दै उहाँले करिडोर क्षेत्रका स्थानीयवासीलाई बिचल्ली पारेर यो आयोजना कार्यान्वयन नहुने बताउनुभयो । उहाँले उपमहानगरभित्रै व्यवस्थित बस्ती बनाएर मात्रै कामको थालनी हुने बताउनुभयो । “हाम्रो प्रयासमा कुनै कमी छैन । अब हामीले बनाएको कानुनअनुसार १० वर्ष अघिदेखिको आवादीले जग्ग्गाधनी पुर्जा प्राप्ति गर्ने प्रावधान छ । समस्या छिटै समाधान हुन्छ”, उहाँले भन्नुभयो । पार्टीका प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले पार्टी नीति र सिद्धान्तअनुसार गतिविधि अघि बढाउनुपर्ने बताउनुभयो । पार्टीका प्रदेश प्रचार विभाग संयोजक डी आर घिमिरेले समृद्धिका लागि हरेक व्यक्ति उद्यमशील बन्नुपर्ने र त्यसका लागि प्रत्येक वडामा उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो । पार्टीका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले असफलताबाट पाठ सिकेर सफल बन्नतर्फ लाग्नुपर्ने बताउनुभयो । रासस




















प्रतिक्रिया दिनुहोस्