रोशन दिप – आज शनिबार मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा लत्ताकपडा वितरण गरिएको छ ।
वडा नं ३ स्थित पलाँसेमा अध्यक्ष उत्तम वाईबा तामाङको समन्वयमा समाजको हितका लागी केहि गर्ने मोह भएको सोलजर्स अफ हेटौंडाका युवा समूहले लत्ताकपडा वितरण गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकाका देवराज घिमिरे, सुमन आचार्य, रवि दाहाल, डिजे काल भैरव, सास्वत अधिकारी, दिपेन्द्र चौलागाइ लगाएत युवाहरुले विपन्न वर्ग समुहका मानिसहरुलाई जाडोमा शरिर ढाक्नको लागी लत्ताकपडाको अभाव भएको समस्यालाई मध्यनजर गर्दै सामुहिक रुपमा गएर लत्ताकपडा वितरण गरेका हुन् ।
























प्रतिक्रिया दिनुहोस्