Rato Samachar
Sun, 13 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
राजनीति समाचार

सुशासन र दिगो विकासका लागि सिर्जनशील पत्रकारिता– सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुशासन र दिगो विकासका लागि सिर्जनशील पत्रकारिताको आवश्यकता औँल्याउनुभएको छ । जनआकाश साप्ताहिकको १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले सत्य, तथ्य र विश्वसनीय पत्रकारिताका निम्ति आमसञ्चार माध्यमलाई अपिल गर्नुभयो । संवृद्ध नेपाल निर्माणमा आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने मन्त्री कार्कीको भनाइ थियो । जनआकाश साप्ताहिकलाई शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो, “स्वस्थ, तथ्य, प्रतिस्पर्धाले नै प्रजातन्त्रलाई बलियो बनाउँछ, तपाईंहरुलाई पनि यही लागेको होला र म पनि त्यसैमा विश्वास गर्छु ।” नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीले आमसञ्चार माध्यम र पत्रकार तथा सञ्चारकर्मीका साझा मुद्दाका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । महासङ्घका केन्द्रीय सदस्य शान्तराम बिडारीले सरकारले ज्येष्ठ पत्रकार जीवनवृत्ति कोषका लागि पत्रकारले उठाएका माग सम्बोधन गर्नुभएकामा मन्त्री कार्कीको प्रसंशा गर्नुभएको थियो । कार्यक्रममा कलाकारद्वय सुवास गजुरेल र उत्तम केसी नेपाललाई सम्मान गरिएको थियो । त्यसैगरी जनआकाश राष्ट्रिय जनसेवा सम्मान, २०७९ नेपाल सरकारका लेखा परीक्षक सुनिल बस्नेत, ‘जनआकाश वरिष्ठ अनुवादक तथा अन्वेषक’ सम्मान २०७९ लेखक तिलकप्रसाद लुइँटेल, ‘जनआकाश शिक्षा’ सम्मान २०७९ मनास्लु कलेजका कार्यकारी निर्देशक मीनकुमार मोक्तान, ‘जनआकाश बैंकिङ’ सम्मान २०७९ एभरेष्ट बैकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र ‘कवि एवं साहित्यकार’ सम्मान २०७९ कवि एवं साहित्यकार विनोद नेपाललाई सम्मान प्रदान गरिएको थियो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

लोकप्रिय



भर्खरै

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

नेपाली चलचित्र ‘बेहुली’ शुक्रबारदेखि प्रदर्शनमा

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology