Rato Samachar
Fri, 4 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

सरकारी विद्यालयमा उपचारका शय्या

  • दाङ तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो । विद्यालयले नै रु चार लाख लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको हो । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार विद्यालयमा दैनिक १५÷२० विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयले आफैँले उपचारका लागि शय्या, प्राथमिक उपचारका सामग्री तथा औषधि खरिद गरेको हो । “अस्पतालमा दैनिक १५÷२० विद्यार्थी बिरामी पर्न थाले”, उहाँले भन्नुभयो, “त्यसपछि हामीले आफ्नै लगानीमा चार शय्या स्थापना गरेर उपचार गर्न थालेका हौँ ।” शय्या स्थापना गरेपछि विद्यार्थीलाई उपचारमा सहज भएको उहाँको भनाइ छ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको सल्लाहअनुसार बिरामी विद्यार्थीलाई उपचार गर्ने गरिएको उहाँले बताउनुभयो । विद्यार्थी सामान्य बिरामी भएपछि स्कुलमै उपचार गर्ने गरिएको छ । “अहिले स्वास्थ्यसँग सम्बन्धित शिक्षकले नै विद्यार्थीलाई उपचार गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “हामीले स्वास्थ्यकर्मी माग गरिरहेका छौँ, तर, पाउन सकिएको छैन ।” सरकारले एक विद्यालय, एक स्वास्थ्यकर्मीको नीति ल्याए पनि त्यो कार्यान्वयन हुन सकेको छैन । पटक–पटक उपमहानगरपालिका र प्रदेश सरकारलाई जानकारी गराउँदा पनि यस विषयमा कुनै चासो नदिएको सहायक प्रधानाध्यापक न्यौपानेले बताउनुभयो । “हामीले पटक–पटक उपमहानगरपालिका र प्रदेश सरकारलाई जानकारी गराएका छौँ”, उहाँले भन्नुभयो, “तर, अहिलेसम्म कसैले पनि चासो देखाएका छैनन् ।” वडाभित्रका स्वास्थ्य संस्थामा रहेका एक जना स्वास्थ्यकर्मीलाई भए पनि विद्यालयमा काजमा खटाएमा विद्यार्थीलाई उपचार गर्न निकै सहज हुने उहाँको भनाइ छ । अहिले सामान्य उपचार हुने गरेको भए पनि अलि बढी समस्या हुने बिरामीलाई प्रादेशिक अस्पताल वा बिरामीका आफन्तको इच्छाअनुसार विद्यालयबाट उपचारका लागि पठाउने गरिएको छ । यदि स्वास्थ्यकर्मी भए विद्यालयमै उपचार गर्न सकिने भन्दै यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । अहेब वा अनमी पठाए पनि आफूहरुलाई सहज हुने शिक्षक अभिभावक सङ्घका अध्यक्ष ईश्वरीप्रसाद गैरेले बताउनुभयो । “स्वास्थ्य संस्थामा अहिले बिरामी पनि त्यति आउने गरेका छैनन्”, उहाँले भन्नुभयो, “जहाँ भए पनि बिरामीलाई सेवा दिने कुरा हो, दैनिक १५÷२० विद्यार्थी बिरामी हुने विद्यालयमा एकजना स्वास्थ्यकर्मी पठाउँदा राम्रो हुने थियो ।” अहिले बिरामीलाई विद्यालयबाट थप उपचारका लागि महँगो शूल्क तिनुपर्ने अवस्था रहेको छ । आर्थिक अवस्था कमजोर भएका केही विद्यार्थीलाई विद्यालयले नै उपचार खर्चसमेत दिने गरेको छ । विद्यालयमा शिशुदेखि कक्षा १२ र वनबाली विज्ञान सङ्कायमा गरी दुई हजार तीन सय विद्यार्थी छन् । त्यसमा ३० न्यून दृष्टि भएका विद्यार्थी छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology