Rato Samachar
Thu, 3 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

सञ्चारमन्त्री कार्कीद्वारा परिणाम आउने गरी काम गर्न निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिणाम आउने गरी काम गर्न मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम, बजेट वक्तव्य तथा उल्लेखित बुँदा र आर्थिक कार्यक्रमको एकीकृत कार्यान्वयन कार्ययोजना सार्वजनिकरण एवं आर्थिक वर्ष २०७९÷८० का कार्यसम्पादन सम्झौता कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “अब हामीले अनुहार होइन, काम हेरेर अगाडि बढेको खण्डमा मात्रै परिणाममुखी काम गर्न सक्छौँ, होइन भने भाषणले मात्रै हुँदैन, हामीले काम गर्ने भनेर धेरै पटक धेरै विषयमा हस्ताक्षर गरियो, तर कार्यान्वयन हुँदैन, हाम्रो कमजोर पक्ष भनेको त्यही हो, त्यसैले कार्यान्वयनसँगै परणाम आउने गरी काम गर्नुहोस् ।” कार्यान्वयन पक्षलाई लाई केन्द्रविन्दुमा राखेर काम गर्न सकेको खण्डमा मात्रै सही परिणाम आउने उहाँको भनाइ छ । मन्त्री कार्कीले मन्त्रालयअन्तर्गतका निकायका नाममा रहेको सम्पत्तिको संरक्षण गर्दै उत्पादनशीलतासँग जोड्नसमेत निर्देशन दिनुभयो । उहाँले राजनीतिक नेतृत्व र स्थायी सरकारका रुपमा रहेका कर्मचारी इमान्दार र समर्पित भयो भने सरकारले अवलम्बन गरेको नीतिलाई अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो । “म धेरै भाषणमा विश्वास गर्दिन, काममा विश्वास गर्छु, समर्पण र इमान्दारितामा विश्वास गर्छु, त्यस दिशामा हामीले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरेर परिणाममुखी काम गर्नका निमित्त सबैसँग आग्रह गर्न चाहान्छु, मेरो भूमिकाको निमित्त पनि तपाईँहरुको सल्लाह सुझावको अपेक्षा गर्दछु”, उहाँले भन्नुभयो । कार्यक्रममा मन्त्री कार्की र सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल, सचिव र मन्त्रालयका महाशाखा प्रमुख, सचिव र मन्त्रालयअन्तर्गतका निकायका प्रमुखबीचमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको थियो । सोही अवसरमा सचिव डा अर्यालले चालु आर्थिक वर्षमा खर्च र नतिजालाई जोड्ने गरी तथा यो वर्षको खर्चमा बेरुजु शून्य हुने गरी काम गर्न निर्देशन दिनुभयो । सचिव डा अर्यालले मन्त्रालयअन्तर्गत रहेका निकायका नाममा रहेको भौतिक सम्पत्तिको विवरण मन्त्री समक्ष पेश गर्नुभएको थियो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology