रोशन दिप –बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ८ कमाने स्थित विकास टोलमा विजया दशमीको अवसर पारेर आज घटस्थापनाका दिन आयोजना गरिएको नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

सगरमाथा बाल समूहद्वारा आयोजना गरिएको सो प्रतियोगिता बाल समूहका अध्यक्ष ईशान अर्यालको सभाध्यक्षता तथा सोही वडाका अध्यक्ष राम कृष्ण थापाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतियोगितामा सहभागी ९ ग्रुप मध्ये अस्मिता डिम्डुङ, अलिया लामा, आशिका ढकाल र प्रजिता केसी प्रथम भएकी छन् भने बिपासा थापा, शुभम अर्जेल द्वितीय तथा प्रियासी दाहाल तृतीय भएकी छन् ।

वडा अध्यक्ष थापाले आफुहरु बालमैत्री घोषणा अभियानमा रहेको बताउदै टोल विकास आमा समूहलाई बाल समूहलाई अगाडी बढाउन आग्रह गरे ।

प्र।अ ढकालले नृत्य प्रतियोगिताले बालबालिकाको क्षमता बढाउन, उनिहरुमा अझ बढी प्रतिभालाई विकास गर्न मद्दत पुर्याउने बताए ।

प्रतियोगितामा नगर समन्वय समिती सदस्य सुमित्रा पाण्डे, वडा समन्वय समिती सदस्य विष्णु अर्जेल, बालमैत्री वडा सहजकर्ता रोजिता दंगाल, बाल अधिकार समिती सरस्वती थिङ, टोल विकास अध्यक्ष ससी तलेजु, आमा समूह अध्यक्ष उर्मिला चौलागाई, संरक्षक अभिभावक पार्वती दाहाल, प्र।अ जिवराज ढकाल, अध्यक्ष ओम प्रकास ढकाल लगाएत अतिथीहरुको उपस्थिती रहेको थियो ।