Rato Samachar
Sat, 14 November, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

‘संविधानमा उल्लेख दलित समुदायको अधिकार कार्यान्वयन होस्’

प्रतिनिधिसभाको आजको बैठकमा सांसद अञ्जना विसङ्खेले संविधानमा उल्लेख दलित समुदायको अधिकार कार्यान्वयन हुनुपर्ने माग गर्नुभएको छ । बैठकको शून्य समयमा बोल्दै सांसद अञ्जना विसङ्खेले संविधानको धारा ४० ले दलित समुदायलाई जमिनको व्यवस्था गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन नसकेको भन्दै कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । संविधानमा उल्लेख भए पनि तराईमा हरुवाचरुवा र पहाडमा हलियाको जमिनको समस्या अझै समाधान हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हरुवाचरुवा र हलिया अध्ययन प्रतिवेदनले अझै पनि दुई÷तीन हजार दलितहरु जमिनविहीन भएको देखाएको छ, उनीहरुको पुनःस्थापनाको व्यवस्था गर्नुपर्छ ।” सांसद अतहर कमाल मुसललमानले “हामी संसद्को अन्तिम अन्तिममा छौँ, तर संसद्ले एम अधिकारी भन्ने व्यक्ति को हुन् भनेर पत्ता लगाउन सकेन, अब जनताको बीचमा हामीले के जवाफ दिने हो ?” भन्दै प्रश्न गर्नुभयो । सांसद अमृता थापाले पर्वत जिल्लाको जलजलामा बिजुलीको पोलको तारको व्यवस्थित व्यवस्थापन नहुँदा एक जनाले ज्यान गुमाउनु परेको बताउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो । मृतक र घाइतेलाई उचित राहतको व्यवस्था गर्नुपर्ने उहाँको माग छ । सांसद आशाकुमारी विकले सरकारले कर्मचारीको तलब वृद्धिमा विभेद गरेर तल्लो तहका कर्मचारीको मनोबल घटाउने काम गरेको बताउनुभयो । सांसद इन्दुकुमारी शर्माले महोत्तरी जिल्लामा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति र उपकरणको माग गर्नुभयो । सांसद उमाशङ्कर अरगरियाले संविधानले व्यवस्था गरेको समानुपातिक सिद्धान्तलाई व्यावहारिक रुपमा राज्यका सबै संरचनामा लागू गर्नुपर्ने माग गर्नुभयो । सांसदहरु खगराज अधिकारी, खेमप्रसाद लोहनी, कृष्णगोपाल श्रेष्ठ, गणेशकुमार पहाडी, गङ्गाबहाुर तामाङ, चाँदतारा कुमारी, कृष्णप्रसाद दाहाल, कृष्णबहादुर राई, केदार सिग्देल, कुमारी मेचे, एकवाल मियाँ र कुमारी तुल्सी थापालगायतले सडक र पुल निर्माण, बाढीपहिरो रोकथाम, महङ्गी र भ्रष्टाचार नियन्त्रणलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।रासस —

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

हेटौंडा –१५ भोर्लेबाट किङ्ग कोब्राको उद्धार

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लोकप्रिय

1

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

2

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

3

पटका पड्काउने क्रममा १६ वर्षीय किशोर घाइते

4

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

5

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

6

“रामायण” ४ हजार करोडमा बनेको फिल्ममा दर्शकको ध्यान केन्द्रित रावणमा

7

हेटौंडा –१५ भोर्लेबाट किङ्ग कोब्राको उद्धार

8

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

9

सकियो युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको कार्यकाल, १० हजार युवमा सीपमूलक तालिम

रातो समाचार संवाददाता
10

साउने सङ्क्रान्ति मनाइँदै



भर्खरै

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

पटका पड्काउने क्रममा १६ वर्षीय किशोर घाइते

शुक्रबार देखि प्रर्दशनमा “पाँच पाण्डव”

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology