Rato Samachar
Sun, 1 November, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

‘शहीदका सपना पूरा गर्न मिल्नुपर्छ’

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शहीदको सपना साकार पार्न सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । शहीद याम बिसी स्मृति प्रतिष्ठानद्वारा आज सुर्खेतमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उहाँले कम्तीमा सङ्घीयता ल्याउने दलहरुबीच मेलमिलाप जरुरी रहेको बताउनुभयो । आन्दोलनको तागतबाट कर्णाली प्रदेश जन्मिएको जनाउँदै मन्त्री बुढाक्षेत्रीले प्रदेशको विकास र समृद्धिका सवालमा सबैको ऐक्यबद्धता आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । “चारजना शहीदको बलिदानी नै कर्णाली प्रदेश जन्मिएको हो, शहीदको रगतको अपमान गर्नु हुँदैन,” उहाँले भन्नुभयो, “प्रदेश सरकारले शहीद परिवारसँग छलफल गरेर छात्रवृत्ति जीविकोपार्जनसम्बन्धी कार्यक्रम, रोजगारी, घाइतेको उपचार लगायतका विषयमा बजेट विनियोजन गर्दै आएको छ, यस वर्ष पनि ती कार्यक्रमले निरन्तरता पाएका छन् ।” संविधान निर्माणपूर्व सीमाङ्कन गर्दा छ प्रदेशको खाका सार्वजनिक भएपछि तत्कालीन भेरी– कर्णाली क्षेत्रका बासिन्दा आन्दोलित भएका थिए । कर्णाली, भेरी र राप्तीका केही जिल्लालाई जोडेर अलग प्रदेश बनाउनुपर्ने माग राखी २०७२ साल साउन २४ गतेदेखि आन्दोलन सुरु भएको थियो । आन्दोलनकै क्रममा साउन २५ गते वीरेन्द्रनगर– ७ का याम बिसीको प्रहरीको गोली लागी मृत्यु भएको थियो । प्रदेश स्थापनाका क्रममा १३ दिनसम्म चलेको आन्दोलनमा बिसीका साथै वीरेन्द्रनगर– ४ का गोपालसिं रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरको मृत्यु भएको थियो । आन्दोलन उत्कर्षमा पुगेपछि साबिक कर्णाली अञ्चलसहित, भेरीका सुर्खेत, दैलेख, जाजरकोट र राप्तीका सल्यान, रुकुम पश्चिम जिल्लालाई समेटेर अलग प्रदेशको घोषणा गरिएको थियो । बिसीले सहादत प्राप्त गर्नुभएको स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रदेश सरकारले शहीदको योगदान बिर्सिंदै गएको गुनासो गरे । याम बिसीका बुबा शेरबहादुर बुढाले सरकारले आश्वासन अझै पूरा नगर्दा पीडाबोध भइरहेको बताउनुभयो । प्रदेश सरकार र आफूहरुबीच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर नहुँदा शहीद परिवारका सदस्यले रोजगारी पाउन नसकेको उहाँको गुनासो छ । शहीद टीकाराम गौतमका छोरा अमृतले प्रदेश सरकारले छात्रवृत्तिका नाममा वार्षिक रु २४ हजारबाहेक अन्य कार्यक्रम नल्याएको बताउनुभयो । शहीद परिवारका सदस्यलाई रोजगारी, निःशुल्क औषधोपचार र आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लोकप्रिय

1

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब
2

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

3

ज्यामिरे कप फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

रातो समाचार संवाददाता
4

हेटौंडाको नगर बाल सञ्जाल पूनःगठन, बालबालिकाको गुनासो नबुझेको आरोप

रातो समाचार संवाददाता
5

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

6

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता
7

The Evolution of Slot Game Design: Enhancing Player Engagement Through Themed Experiences

8

Fundierte Analyse der Online-Glücksspielbranche: Regulierung, Betrugsschutz und Nutzervertrauen

9

मकवानपुरमा निरन्तर भेटिँदै किङ्ग कोब्रा, उद्दारकर्ता राजेश गरिबद्वारा १० दिनमै ह्याट्रिक पूरा

रातो समाचार संवाददाता
10

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री


भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology