Rato Samachar
Wed, 26 August, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्य

वीर अस्पतालले स्वास्थ्योपचारका क्षेत्रमा पु¥याएको योगदान अतुलनीय छ ः प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालले स्थापनाकालदेखि हालसम्म मुलुकमा स्वास्थ्योपचारको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभएको छ । वीर अस्पतालको १३३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले आम सर्वसाधारणलाई गुणस्तरीय आधुनिक स्वास्थ्योपचार सेवा प्रदान गरी यस अस्पतालले आम जनताको विश्वास जित्न सकेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले चिकित्सा उपचारको क्षेत्रमा आम सर्वसाधारणको भरोसाको केन्द्रविन्दुको रूपमा रहेको यस अस्पतालको स्तरोन्नतिका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दक्ष, अनुभवी र कर्तव्यनिष्ठ स्वास्थ्यकर्मी, चिकित्सक तथा अन्य सक्षम जनशक्तिका कारण मुलुककै केन्द्रीय रिफरल अस्पतालको रूपमा रहेको यस अस्पताललाई आगामी दिनमा थप गुणस्तरीय उपचारात्मक सेवा प्रवाहका लागि शुभकामना व्यक्त गर्दछु ।” विसं २०७२ को गोरखा भूकम्पमा होस् वा कोभिड–१९ जस्तो महामारीको कठिन परिस्थितिमा यस अस्पतालका स्वास्थ्यकर्मी, चिकित्सकलगायत अन्य जनशक्तिले बिरामीको स्वास्थ्योपचारका लागि गर्नुभएको अमूल्य सेवा र सहयोगका लागि उहाँले धन्यवाद व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले अस्पतालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नै एउटा छुट्टै पहिचान बनाइ बिरामीको सुविधाका लागि ९६० शय्यासम्मको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्ने वातावरण सिर्जना गर्न सकेकोमा बधाई दिनुभयो । “भक्तपुरको दुवाकोटमा बनाउने भनिएको अस्पतालको निर्माण हालसम्म सुरु हुन नसकेको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यसलाई प्राथमिकता साथ अघि बढाउन म सम्बन्धित मन्त्रालयलाई निर्देशन दिन चाहन्छु” उहाँले भन्नुभयो । आम सर्वसाधारणले प्रयोग गर्ने यस अस्पतालमा (आइसियू) सघन उपचार कक्ष र भेन्टिलेटर लगायतका चिकित्सा उपकरण आवश्यक सङ्ख्यामा व्यवस्था गर्न पर्याप्त बजेट छुट्याउन उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । साथै उहाँले अस्पतालमा पर्याप्त जनशक्तिको व्यवस्था गर्न र कार्यरत जनशक्तिको मनोबल उच्च राख्न सहयोग पु¥याउने कार्यक्रम कार्यान्वयनमा ल्याउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ बजेट छुट्याई यस क्षेत्रमा भौतिक संरचनाको निर्माण तथा मानवीय जनशक्तिको विकास लगायतका कार्यका लागि विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी गराउनुभयो । जनतालाई गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउँदै दिगो विकास अन्तर्गतको स्वास्थ्यसम्बन्धी लक्ष्य हासिल गर्न तथा आम सर्वसाधारणलाई सहज तवरमा स्वास्थ्योपचार सेवा पु¥याउन सरकार प्रयत्नशील रहेको उहाँको भनाइ थियो । स्वास्थ्य सेवालाई सम्भव भएसम्म सस्तो र सर्वसुलभ बनाइ सबैको पहुँचमा पु¥याउन सबैले मिलेर कार्य गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले वीर अस्पतालले गरिब, निमुखा र विपन्न वर्गका बिरामीलाई सहुलियतपूर्ण ढङ्गले स्वास्थ्यसेवा उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गर्नुभयो । वीर अस्पतालले समयानुकूल विभिन्न सेवा र प्रविधि थप गरी आफ्नो सेवालाई नागरिकको आवश्यकता अनुसार विस्तार गर्दै लगेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले केही समययता मत्थर भएको कोभिड–१९ महामारी पुनः विस्तारै फैलिँदै जाने खतरा देखिएको बताउनुभयो । उहाँले भन्नुभयो ,“ कोभिड–१९ महामारीलाई पूर्ण रूपमा नियन्त्रण गर्दै भविष्यमा आउनसक्ने अन्य विविध किसिमका महामारीसँग समेत जुध्ने सामथ्र्य विकास गर्नुपर्छ । क्यान्सर जस्तो घातक रोगका बिरामीलाइसमेत सहज उपचार पाउने गरी आवश्यक व्यवस्था मिलाउन अस्पताल व्यवस्थापनले ध्यान दिने मैले विश्वास लिएको छु । ” प्रधानमन्त्री देउवाले भविष्यमा विश्वको प्रमुख स्वास्थ्य समस्या भनेको सर्नेभन्दा पनि नसर्ने रोग हुन्छन् भनेर विश्व स्वास्थ्य सङ्गठनले पूर्वानुमान गरेको सन्दर्भमा हामीले पनि नसर्ने रोगका बिरामीको स्वास्थ्योपचारका लागि क्षमता विकास गर्दै जानुपर्ने आवश्यकता औल्याउनुभयो । यस सन्दर्भमा स्वास्थ्य क्षेत्रमा विभिन्न उपयोगी कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गरेर देशमा स्वस्थ नागरिकको सङ्ख्या वृद्धि गर्न र उपचार खर्च घटाउन ध्यान दिन जरुरी रहेको उहाँको भनाइ थियो

  • राष्ट्रिय समाचार समिति

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

सीता देवी स्मृति फुटबल प्रतियोगिता, घरेलुटोली सिक्किम पुलिसँग पराजित हुँदै हेटौंडा फुटबल एकेडेमी पहिलो खेलबाटै बाहिरियो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

हेटौंडामा ग्राण्ड व्यूटी एक्सपो हुँदै

लोकप्रिय



भर्खरै

यशको दोहोरो भूमिकामा “टक्सीक” बुधबार देखि प्रदर्शन निर्देशक गीतु मोहनदास चर्चामा

मुख्यमन्त्री थापाले प्राप्त गरे विश्वासको मत

नेपाली फिलम “पार्वती” भदौ १२ देखि प्रर्दशनमा

बजाजको विद्युतिय दुई नयाँ मोडल स्कुटर सार्वजनिक

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

हेटौंडामा नेपाली फिल्म “लिटल स्ट्रार्स” विशेष च्यारिटी सो हुने

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology