Rato Samachar
Wed, 2 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार स्वास्थ्य

विश्व स्वास्थ्य संगठनद्वारा पूर्वी अफ्रिकामा स्वास्थ्यसम्बन्धी सहयोगका लागि १२ करोड अमेरिकी डलर माग

  • विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तीव्र खाद्य सङ्कटको सामना गरिरहेको पूर्वी अफ्रिका (हर्न अफ अफ्रिका) का लाखौं मानिसहरूको स्वास्थ्यसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्न १२ करोड ३० लाख ७० हजार अमेरिकी डलर बराबरको सहयोग आवश्यक देखिएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेयससले केन्याको राजधानीबाट मङ्गलबार साँझ जारी गरिएको एक विज्ञप्ति भन्नुभयो, “यो रकम रोगहरूको प्रकोप पत्ता लगाउने र त्यसको प्रतिक्रिया दिने देशहरूको क्षमतालाई सुदृढ पार्ने, जीवन बचाउने औषधी तथा उपकरणहरूको आपूर्तिको सुनिश्चित गर्ने, स्वास्थ्य सेवा प्रावधानहरूमा अन्तर पत्ता लगाउने र बिरामी तथा गम्भीर कुपोषित बालबालिकाहरूलाई उपचार प्रदान गर्नेजस्ता तत्काल उपायहरूतर्फ जानेछ ।” महानिर्देशक घेब्रेयससले भन्नुभयो, “यस दोहोरो खतराप्रति प्रतिक्रिया जनाउँदै, कुपोषित मानिसहरूलाई उपचार प्रदान गर्न र सङ्क्रामक रोगबाट बचाउन जमीनमा हाम्रो कार्यलाई सहयोग गर्न डब्लूएचओ अन्तरराष्ट्रिय समुदायको खोजीमा छ ।” यस क्षेत्रमा फैलिएका जिबुटी, इथियोपिया, केन्या, सोमालिया, दक्षिण सुडान, सुडान र युगान्डा गरी सात देशहरूमा ८० करोड व्यक्ति खाद्य असुरक्षाको कारण पिडित भएको अनुमान गरिएको छ । तीन करोड ७० लाखभन्दा बढी मानिसहरू सङ्कटको चरणमा छन् जहाँ मानिसहरूले दुई छाक खानका लागि समस्या झेलिरहेका छन् र कुपोषणबाट ग्रसित बनेका छन् । युद्ध, जलवायु परिवर्तन र कोभिड–१९ को महामारीले अर्न अफ अफ्रिका भनेर चिनिने सोमालियाली प्रायद्वीप भोकमरीको केन्द्र बनेको छ र यसले त्यहाँका मानिसहरूको स्वास्थ्य र जीवनलाई भयावह असर पारेको छ । मानिसहरूले स्वास्थ्य सेवामा पहुँच प्राप्त गर्न, गम्भीर कुपोषण भएका बिरामी बालबालिकाको उपचार गर्न र संक्रामक रोगहरूको प्रकोप रोक्न, रोगहरू पत्ता लगाउन र प्रतिक्रिया देखाउन आकस्मिक अवस्थाको लागि अफ्रिकाले आफ्नो आकस्मिक कोषबाट एक करोड ६० लाख डलर रकम विनियोजन गराइसकेको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

हेटौंडामा गौँथली र ठूलेको अचानक इन्ट्री, हलभित्र दर्शक सरप्राइज!

हेटौंडामा ग्राण्ड व्यूटी एक्सपो हुँदै

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology