रोशन दिप – यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनाेट भएपछि नेपाली खेलाडीले शुक्रबार मूलपानी मैदानलाई ढोगेका छन् ।
कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामीलगायतका खेलाडीले मैदानलाई ढोगेका थिए ।
टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा शुक्रबार यूएईलाई ८ विकेटले सहजै पराजित गर्दै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान पक्का गरेको हो । नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । त्यसयता तीन २०१६, २०२१ र २०२२ विश्वकपमा पुग्न चुकेको थियो ।