Rato Samachar
Fri, 25 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

विपतपुरका आगलागी पीडितलाई ओतको चिन्ता

कैलारी गाउपालिका–७ विपतपुरका मुक्तकमैयालाई वर्षायाममा ओतको चिन्ताले सताएको छ । चार महिनाअघि आगलागीबाट घरबार गुमाएका उनीहरु अहिले त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य भएका छन् । कैलारी गाउपालिका–७ विपतपुर बस्तीमा गत वैशाख ११ गते भिषण आगलागी हुँदा सो बस्तीका २७ घर जलेपछि घाम र पानीको प्रबाह नगरी उनीहरु दिनरात दिन विताउन बाध्य भएका हुन । सो बस्तीमा रहेका ७१ घरपरिवारमध्ये २७ घर पूर्णरुपमा जलेका थिए भने ३४ घरमा आंशिक क्षति भएको थियो । सो मुक्तकमैया बस्तीका ३६ वर्षीषा देवी चौधरीले नेपाल रेडक्रस सोसाइटीले दिएको पालमुनि दिनरात बिताउँदै आएको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “वर्षायामको समय छ हावापानीले कैयौँ दिन ओत लाग्न बनाएको त्रिपाल उडाएको मात्र छैन, सर्प र किराको डर पनि त्यत्तिकै छ । ” आगलागीले घरबारविहीन बनाएपछि खानलाउन पनि त्यत्तिकै समस्या भइरहेको आगलागी पीडितको गुनासो छ । वर्षायाममा गाउँमा ज्यालामजदुरी नपाउँदा कामका लागि अन्यत्र भौतारिनु परेको उनीहरुकको गुनासो छ । सरकारले २०६४ सालमा ७१ मुक्तकमैया परिवारलाई पाँच कठ्ठाका दरले जग्गा वितरण गरेर विपतपुरमा बसोबास गराएको थियो । कैलारी गाउँपालिका–७ का वडाध्यक्ष दीपेन्द्र बमले आगलागीपीडित परिवारलाई घरनिर्माण गर्न काठको व्यवस्था गर्न समस्या भइरहेको बताउनुभयो । आगलागी पीडितलाई प्रदेश सरकारले रु ५० हजार राहत वितरण गर्नुका साथै वर्षायामअघि नै घर निर्माण गर्ने आश्वासन दिए पनि अहिलेसम्म आश्वासन पूरा हुन सकेको छैन । विपतपुरका मुक्तकमैयाले नयाँ लालपुर्जाका लागि भूमिसुधार र मालपोत कार्यालयमा आग्रह गरेका छन् । उनीहरुले २०६३ फागुन २१ गते ६५ घरधुरीलाई प्राप्त जग्गाको लालपुर्जा हाल साविक गरि नयाँ लालपुर्जा दिन आग्रह गरेका छन् । सो बस्तीका दाउराम चौधरीले ६५ घरधुरीलाई उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्रअनुसारको ब्लुप्रिन्ट, फाइल नक्सा उपलब्ध गराउनुपर्ने, पुन.स्थापना प्रक्रियाका क्रममा १३ घरधुरी मुक्तकमैयालाई परिचयपत्र उपलब्ध गराउनुपर्ने माग गर्दै आएको बताउनुभयो । मालपोत कार्यालयका नायबसुब्बा लक्ष्मण जोशीले १३ घरधुरीलाई कागजमा लेखेको चुट्काका विषयमा भूमि आयोगले हेर्ने र ५२ घरधुरीलाई दिएको लालपुर्जाका विषयमा भने फेरि लालपुर्जा दिन सकिने जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology