हेटौँडाःरोट्रयाक्ट क्लब अफ मकवानपुरको अध्यक्षतामा राजन कटुवाललाई खटाइएको छ । रोट्र्याक्ट क्लब अफ मकवानपुरले ८ औं स्थापना दिवसको अवसरमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै रोटा वर्ष २०२३÷२४ को लागि कटुवालाइ अध्यक्षमा चयन खटाइएको छ ।
रोट्रयाक्स क्लब अफ मकवानपुरको अध्यक्षतामा चयन भएका कटुवालको नेतृत्वमा उपाध्यक्षमा सृजना लामिछाने, सचिवमा मन्जिता मैनाली , कोषाध्यक्षमा अलिशा न्यौपाने, चयन भएका छन् भने सदस्यता तर्फ सुजन राई, क्लब एडमिनिस्ट्रेशनमा सुशील सुवेदी, प्रोफेशनल डेभलपमेन्ट चेयरमा मनोज राई, इन्टरनेशनल सर्भिस चेयरमा वेदप्रसाद गौतम, पब्लिक इमेज चेयरमा अमित कुमार सिंह, सर्भिस प्रोजेक्ट चेयरमा प्रबेश धिताल कुन्दन र सर्जेन्ट एट आर्म्समा रन्जिता विष्ट चयन भएका छन् ।
रोटा वर्ष २०२२÷२३ का अध्यक्ष प्रदीप कुमार राइको सभाध्यक्षतामा तथा रोटरी क्लब अफ मकवानपुरका रोटा वर्ष २०२३÷२४ का अध्यक्ष अन्जनी कुमार पराजुलीको प्रमुख आतिथ्यता भएको यस ८ औँ स्थापना कार्यक्रममा रोटरी रोट्र्याक्ट रिलेसन चियर आयुस गुप्ता, रोट्र्याक्ट कल्ब अफ मकवानपुरका पुर्व अध्यक्ष बिजय पौडेल, पुर्व अध्यक्ष प्रतिक्षा न्यौपाने लगायतको आतिथिहरुको उपस्थिति रहेको थियो ।




















प्रतिक्रिया दिनुहोस्