Rato Samachar
Sun, 1 November, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

रूसी आक्रमणबाट यूक्रेनी आणविक केन्द्रको केही भागमा ‘गम्भीर क्षति’

यूक्रेनको जापोरिजझिया आणविक शक्ति केन्द्रका केही भागमा शुक्रबार भएको आक्रमणका कारण ‘गम्भीर रूपमा क्षति’ पुगेको यूक्रेनले जनाएको छ । आक्रमणका कारण उक्त आणविक केन्द्रको एक ‘रिएक्टर’लाई बन्द गर्न परेको यूक्रेनी आणविक केन्द्रका अधिकारीले शनिबार बताए । यूरोपको सबैभन्दा ठूलो परमाणु शक्ति परिसर, दक्षिण यूक्रेनको जापोरिजझिया आणविक केन्द्रमा शुक्रबार भएको आक्रमणले नाइट्रोजन, अक्सिजन र ‘सहायक भवन’ भएको स्टेशनलाई ‘गम्भीर रूपमा क्षतिग्रस्त’ बनाएको यूक्रेनी एनर्गोएटमले टेलिग्राम सन्देश सेवामा जानकारी दिएको हो । यस आक्रमणको लागि कीभ र मस्कोले एकअर्कालाई दोषारोपण गरेका छन् । आक्रमणले विद्युत केबुललाई क्षति पु¥याएको छ भने यसका कारण एउटा रिएक्टरको सेवा बन्द गर्नुपरेको छ । घटनास्थलमा ‘अझै पनि हाइड्रोजन र रेडियोएक्टिभ’ पदार्थ चुहिने खतरा रहेको र आगोको जोखिम पनि उच्च रहेको आणविक केन्दले जनाएको छ । “यो आक्रमणपछि उक्त आणविक केन्द्रलाई सुरक्षितरूपमा सञ्चालन गर्न गम्भीर खतरा उत्पन्न भएको छ ।” रूसी सेनाले आक्रमणको सुरुवातदेखि नै जापोरिज्हिया संयन्त्र कब्जा गरेका छन् र कीभले उनीहरूलाई त्यहाँ गह्रौं हतियारहरू भण्डारण गरेको आरोप लगाएको छ । तर मस्कोले भने युक्रेनी सेनालाई नै उक्त आणविक केन्द्रमाथि आक्रमण गरेको आरोप लगाएको छ । आक्रमण सम्बन्धमा युरोपेली संघले शनिबार रूसमाथि कडा निन्दा गरेको छ । यस समूहका वरिष्ठ कूटनीतिज्ञ जोसेप बोरेलले ट्वीटरमार्फत आक्रमणको निन्दा गर्दै लेख्नुभएको छ, “जापोरिजझिया आणविक विद्युत केन्द्र वरिपरि रूसको सैन्य गतिविधिको ईयूले निन्दा गर्छ ।” उहाँले भन्नुभयो, “यो आणविक सुरक्षा नियमहरूको गम्भीर तथा गैरजिम्मेवारपूर्ण उल्लङ्घन र अन्तरराष्ट्रिय मापदण्डप्रति रूसको बेवास्ताको अर्को उदाहरण हो ।” बोरेलले संयुक्त राष्ट्रको आणविक निगरानी, अन्तरराष्ट्रिय परमाणु ऊर्जा एजेन्सीलाई यस केन्द्रमा अनुगमनका लागि पहुँच प्रदान गनुपर्ने बताउनुभयो । आईएईएले केन्द्रको निरीक्षण गर्न हप्तौंदेखि एउटा टोली पठाउने प्रयास गर्दै आएको छ । यूक्रेनले यस प्रयासलाई अहिलेसम्म अस्वीकार गरेको छ । यूक्रेनले अन्तरराष्ट्रिय समुदायको नजरमा यस स्थलमा रूसको आधिपत्य रहेको दावी गर्दै आएको छ । रूसले भनेको छ, “रूसी आणविक केन्द्र सञ्चालक रोजाटमका कर्मचारीहरूले आक्रमण हुनुभन्दा केही समयअघि नै केन्द्र छोडेका थिए तर यूक्रेनी कर्मचारीहरू त्यहीं बसेका थिए र यो केन्द्रले अझै बिजुली उत्पादन गरिरहेको थियो ।” युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार जारी विज्ञप्तिमा भन्नुभएको छ, “यस केन्द्रमा भएको कुनै पनि विस्फोट निर्लज्ज अपराध हो, यो आतङ्कवादी गतिविधि हो ।” त्यसैगरी यूक्रेनी विदेश मन्त्रालयले ‘काम गर्ने रिएक्टरमा प्रहार गर्दा हुने सम्भाव्य परिणामहरू परमाणु बम प्रयोग गर्नु बराबर हो’ भनेको छ । —रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लोकप्रिय

1

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब
2

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

3

ज्यामिरे कप फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

रातो समाचार संवाददाता
4

हेटौंडाको नगर बाल सञ्जाल पूनःगठन, बालबालिकाको गुनासो नबुझेको आरोप

रातो समाचार संवाददाता
5

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

6

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता
7

The Evolution of Slot Game Design: Enhancing Player Engagement Through Themed Experiences

8

Fundierte Analyse der Online-Glücksspielbranche: Regulierung, Betrugsschutz und Nutzervertrauen

9

मकवानपुरमा निरन्तर भेटिँदै किङ्ग कोब्रा, उद्दारकर्ता राजेश गरिबद्वारा १० दिनमै ह्याट्रिक पूरा

रातो समाचार संवाददाता
10

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री


भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology