Rato Samachar
Wed, 21 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार स्वास्थ्य

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण प्रक्रिया सुरु

सप्तरीको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्यको प्रारम्भिक प्रक्रिया सुरु भएको छ । सम्झौता अनुसार रु सात करोडमा नक्शा र भवन निर्माणसम्मको मोनिटरिङ गर्ने जिम्मा एक कम्पनीले पाएको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका कार्यकारी अध्यक्ष डा रोहित पोखरेलले जानकारी दिनुभयो । कन्सलटेन्सीका प्राविधिकहरुको टोली सोमवारदेखि नै निर्माण स्थलमा पुगी डिपीआर लगायतको काम सुरु गरेको जनाइएको छ । यद्दपि प्रतिष्ठानको ऐन निर्माणमा ढिलाइ हुँदा निर्माण कार्य केही सुस्त देखिए पनि सम्झौता सम्पन्न भएपछि अव निर्माण कार्यले गति लिने उहाँको भनाइ छ । राजविराज नगरपालिका–१० स्थित हुलाकी राजर्मागको छेउमा नरपालिकाले उपलब्ध गराएको ६२ बिघा जग्गामा प्रतिष्ठान भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) का लागि सम्झौता भएसँगै निर्माण कार्य सुरु हुने उहाँले बताउनुभयो । प्रस्तावित जग्गाको घेराबार, वातावरणीय प्रभाव मूल्याङ्कन, भूमिको अवस्था, माटोको परीक्षण लगायतको काम यसअघि नै सकाएको प्रतिष्ठान पूर्वाधार तयारी विकास समितीले डिपीआरको कामसमेत अघि बढाएको छ । तीन दिनअघि मात्र डिपीआरका लागि डिजीकोन कन्सलटेन्सी कम्पनी र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिबीच सम्झौता सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ । यसबारे आइतबार समितिले राजनीतिक दल, प्रतिष्ठान निर्माणस्थल आसपासका बासिन्दा, सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाको बैठक गरी डिपीआर सम्झौता र प्रतिष्ठान भवन निर्माणका बारेमा आवश्यक छलफलसमेत गरेको थियो । उक्त बैठकमा प्रतिष्ठान सञ्चालन गर्न प्राविधिक पक्ष र आर्थिक पक्षलगायतका विभिन्न विषयमा छलफल भएको प्रतिष्ठानका निर्देशक डा रञ्जीत झाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । निर्देशक डा झाले डिपीआरको कामलाई दुई चरणमा विभाजन गरिएको बताउँदै पहिलो चरणमा चार महिनाभित्र नक्शा र डिजाइनको काम सम्पन्न हुने बताउनुभयो । यी चरण पार गरे लगतै संरचना निर्माणको काम सुरु हुने र तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको निर्देशक डा झाको भनाइ छ । नेपाल सरकारले यस अघि नै प्रतिष्ठान निर्माणको प्रारम्भिक कार्यका लागि राजविराजमा कार्यालय स्थापना गरी रु ४० करोड बजेट विनियोजन गरेकोमा रु १० करोड प्रतिष्ठानको खातामा जम्मा भएको जनाइएको छ । हालसम्म घेराबार, वातावरणीय प्रभाव मूल्याङ्कन, माटो परीक्षण, कार्यालय व्यवस्थापन लगायतका काममा रु दुई करोड १५ लाख खर्च भइसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतिष्ठानको निर्माण कार्य सम्पन्न गर्न करिब रु १२ अर्ब खर्च हुने अनुमान गरिएको छ । मन्त्रिपरिषद्को २०७५ पुस २३ गतेको बैठकले राजविराजमा गणतन्त्रवादी नेता सिँहको नाममा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । —रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लोकप्रिय

1

आठौं संस्करणको बागमती गोल्डकपको उद्धाटन खेलमा अयोजक र बागमती युथ भिड्ने

2

युक्रेनको दुःख बन्दै रुस

3

जिल्लास्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

4

रास्वपाका वरिष्ठ नेता बालेनले भोलि प्रधानमन्त्रीको शपथ लिने

रातो समाचार संवाददाता
5

लागूऔषध गाँजासहित एकजना पक्राउ

6

माधवपूर गोल्डकप फुटबलमा सहभागी हुँदै हेटौंडा फुटबल एकेडेमी

7

हराएको २ वटा ट्रक सम्बन्धी व्यक्तिलाई बुझाइयो

8

ईस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस्: प्रधानमन्त्री दाहाल

9

रासायनिक मलको कोटा वृद्धि गर्न माग

10

स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्दै अस्पतालहरू



भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology