हेटौंडा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स), वीर अस्पतालबीच खेलाडी, प्रशिक्षक र कर्मचारीको स्वास्थ्य उपचारमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र नाम्सका उपकुलपति प्रा.डा भुपेन्द्रकुमार बस्नेतले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पाँच वर्षको हुने र पछि आपसी सहमतिमा नवीकरण हुने सक्ने गरी अगाडि बढाइएको छ ।

अस्पतालका सबैखाले सेवामा ओलम्पियनले ८० प्रतिशत, एसियाली÷दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता र सहभागी खेलाडी तथा राष्ट्रिय टिमका खेलाडीले ६० प्रतिशत, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले ५० प्रतिशत र राखेपका कर्मचारीले ४० प्रतिशत छुट पाउने छन् ।

रातो समाचार संवाददाता
थप जानकारी