हेटौंडा । वाइसीएल बागमती गाउँपालिका कमिटीले बागमती–८ स्थित युथ क्लबलाई खेल सामाग्री सहयोग गरेको छ। शुक्रबार बिहान आयोजित कार्यक्रममा क्लबलाई १६ थान जर्सी र २ थान फुटबल हस्तान्तरण गरिएको हो।
कार्यक्रममा वाइसीएल बागमतीका अध्यक्ष आकाश लोप्चन, एन्फा मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल, खेलकुद विकास समितिका अध्यक्ष रहरसिं थिङ, उपाध्यक्ष मुक्ति लामा, पूर्वअध्यक्ष टिकालाल श्रेष्ठलगायतको उपस्थिति थियो।
वाइसीएलका सहसचिव तथा फुटबल सहायक प्रशिक्षक किरण घिसिङले व्यक्तिगत रूपमा दुई थान फुटबल सहयोग गरेका थिए। उनले स्थानीय युवालाई खेलतर्फ प्रेरित गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
यसअघि बिहीबार बागमती–४ का व्यवसायी पूर्णबहादुर गोलेले झुरझुरे युथ क्लबलाई जर्सी हस्तान्तरण गरेका थिए। गोलेले गाउँमा युवाहरूले आयोजना गरेको प्रतियोगिताले स्थानीय एकता र खेल भावना बढाउने विश्वास व्यक्त गरे।























प्रतिक्रिया दिनुहोस्