Rato Samachar
Tue, 8 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

युएनएफपीएको नेपाल प्रतिनिधिद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

परराष्ट्रमन्त्री डा नारायण खड्का समक्ष संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएफपीए)को नेपाल कार्यालयका लागि नवनियुक्त प्रतिनिधि योङ होङले आज ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । मन्त्री डा खड्काले होङको ओहोदाको प्रमाणपत्र ग्रहण गरेपश्चात परराष्ट्र मन्त्रालयमा आयोजित समारोहमा उहाँहरुका बीच नेपाल र युएनएफपीएबीच ५० वर्षदेखि स्थापित सम्बन्धका विविध आयाममाथि कुराकानी भएको थियो मन्त्रालयले जनाएको छ । उहाँहरूले महिला तथा किशोरीलाई राष्ट्रिय विकासमा पूर्णतः सहभागी गराउन सशक्तीकरणका लागि बलियो साझेदारीमा जोड दिनुभएको थियो । सो अवसरमा मन्त्री खड्काले भन्नुभयो, “कोभिड–१९ को महामारी र अशान्तिले विश्वव्यापीरुपमा असमानता र गरिबीलाई बढाइदिएको छ । यसले सबै नागरिक, विशेष गरी महिला तथा किशोरीलगायत जोखिममा परेका समूहको गुणस्तरीय सेवामा पहुँच बढाउन युएनएफपीएजस्ता साझेदार संस्थासँगको रणनीतिक समन्वय र सहकार्यको आवश्यकता छ ।” सो अवसरमा नेपाल प्रतिनिधि होङले युएनएफपीएको ‘म्यान्डेट’प्रति नेपालको बलियो समर्थन र सन् २०१९ मा आयोजित ‘नैरोबी ग्लोबल समिट’मा जनसङ्ख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी)को ‘भिजन’प्रति नेपाल सरकारले दोहो¥याएर व्यक्त गरेको प्रतिबद्धताको प्रशंसा गर्नुभयो । उहाँले नेपालमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुधारमा सरकारले गर्ने प्रयासमा युएनएफपीएको सहयोग रहने प्रतिबद्धता दोहो¥याउनुभयो । नेपाल प्रतिनिधि होङले दिगो विकासका लक्ष्य तथा आइसिपिडीको केन्द्रमा रहेको ‘तीन शून्य’ (परिवार नियोजनका साधनको पूरा हुन नसकेका (अपरिपूर्त) माग शून्यमा झार्ने, रोक्न सकिने मातृमृत्युको अवस्था शून्यमा झार्ने, र लैङ्गिक हिंसा र बालविवाहजस्ता हानिकारक अभ्यास शून्यमा झार्ने) परिणाम हासिल गर्नका लागि दृढ सङ्कल्प व्यक्त गर्नुभयो । “युएनएफपिएले रुपान्तरणकारी ‘तीन शून्य’को उपलब्धि हासिल गर्न विश्वव्यापीरुपमा महत्वकाङ्क्षी लक्ष्य तय गरेको छ, र यी लक्ष्य नेपालका लागि हाम्रो प्राथमिकता हुन् । नेपालमा हामी यी लक्ष्यहरूप्रति दृढतापूर्वक प्रतिबद्ध छौँ र महिला तथा किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार र समाजमा सक्रिय भूमिका निर्वाह गर्न हानिनोक्सानीरहितको जीवन बाँच्ने अधिकार सुनिश्चित गर्न हामी काम गर्नेछौँ । नेपाल सरकारसँगको साझेदारीलाई निरन्तरता दिन हामी तत्पर छौँ”, उहाँले भन्नुभयो । होङले युएनएफपिए नेपाल प्रतिनिधिको जिम्मेवारी सन् २०२२ जुलाई ११ देखि सम्हाल्नुभएको हो । अन्तर्राष्ट्रिय विकासमा १६ वर्षभन्दा धेरै अनुभव सङ्गाल्नुभएका होङ दक्षिण कोरियाको नागरिक हुनुहुन्छ । नेपाल प्रतिनिधिको जिम्मेवारी सम्हाल्नुअघि उहाँ मलावीको युएनएफपिए प्रतिनिधि, र यसअघि मोजाम्वीकमा ‘डेपुटी’ प्रतिनिधि हुनुहुन्थ्यो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

लोकप्रिय



भर्खरै

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology