हेटौँडा उपमहानगर पालिका वडा नम्बर १०टिसिएन रोडमा अवस्थित जे।के इन्जिनिरिङ्ग वर्कसप ग्रिल कारखाना सञ्चालन गरिरहनु भएकी महिला सरिता प्रधान एक उद्यमसिल महिला हुन् ।

एक छोरा एक छोरीको आमा प्रधान, पुरुष जस्तो जोखिमपुर्ण काम गर्न सक्दैनन् भन्ने मानसिकता बोकेको समाजमा पुरुष सरह काम गर्न सक्ने साहास माहिलामा हुन्छन् भन्ने उनि उदाहरण बनेकी छिन् ।

उनले उनले आफ्नो ग्रिल उद्योगमा प्रवेश गर्दा खुसिको अनुभव गर्ने र मनमा विश्वास काम गर्न सक्छु भन्ने आत्माबल भएमा हरेक कठिनका कामहरु गर्न सकिने बताउछिन् ।

हरेक नारीले म काम गर्न सक्छु भन्ने हिम्म्त र अठोट लिएर काम गर्ने कोसिस गरे सफल हुने सरिता प्रधान बताउछिन् ।
विगत १५ वर्षदेखि वेल्डिङ्ग गर्दै आएर आफुले काम गरेको अवधिमा स साना देखि ठुला कामहरु गरेको र आफुले गरेको काममा आनन्द लाग्ने उनको अनुभव छ ।

सरिता प्रधानको आमा अम्रिता खड्काले आफ्नो छोरीले पुरुष जस्तै साहास बोकेर काम गरेकोमा खुसी लागेको बताउछिन् ।
उनले भावुक हुदै भनिन् “पुरुषलाई पनि सकस पर्ने काम छोरीले रोजिन्। ज्वाई पनि बित्नुभयो ।ग्रिलको काम  छोराछोरीको पालनपोषण, छोरीले धेरै दुख गरिन् । रोगी छोरी अझैपनि कामगर्दैछिन् अब भने आराम पाएहुने ।”

यसै विषयमा सरिता प्रधान र उनको आमासंग गरिएको कुराकानी ।भिडियोमा हेर्नुहोस् ।

 

पुरुष भन्दा कम छैन#Hetaudaच्यालेन्ज दिदै Sarita Pradhan-भाकुक हुदै ममीले भनिन् छोरीले धेरै दुख गरिन्