काठमाण्डौमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

टोखा नगरपालिका(६ ग्रिनल्याण्डमा गएराति बा ७४ प ५७५९ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोट पञ्चकन्या गाउँपालिका(४ का २६ वर्षका सविन कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

कँडेलको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति साढे ११ बजे ज्यान गएको हो । यस्तै, मोटरसाइकलको पछाडि बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका(४ कै २२ वर्षका सन्देश कार्की घाइते हुनुभएको छ । कार्कीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।