Rato Samachar
Sat, 5 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

मैथिली भाषा–संस्कृतिका लागि साइकल यात्रा

सप्तरीका मैथिली अभियानी र मिलाफ नेपालले मैथिलीभाषा, साहित्य, कला–संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले आजबाट ‘देवघर साइकलयात्रा २०७९’आरम्भ गरेको छ । छिन्नमस्ता गाउँपालिका–१ वीरपुरस्थित भोलाबाबाको मन्दिर, राजविराजस्थित राजदेपीमन्दिर र शक्तिपीठ छिन्नमस्ताको दर्शन गरेपश्चात भारतको वैद्यनाथधामको लागि २७ साइकलयात्री देवघर प्रस्थान गरेका छन् । सप्तरीबाट तीन सय ५० किलोमिटरको दूरीमा रहेको देवघर यात्राको लागि साइकलबाट १० दिनको समय तय गरिएको छ । नेपाली र भारतीय क्षेत्रको मैथिलीभाषीको सांस्कृतिक सद्भाव र भाषिक सम्मानका लागि यात्रा अभियान गरिएको मिलाफ नेपालले जनाएको छ । मिलाफ नेपालका सचिव विद्यानन्द बेदर्दीका अनुसार टोलीले ठाउँ–ठाउँमा जनजागरण, भाषिक सन्देशमूलक र अन्तक्र्रिया कार्यक्रम गर्ने छ । बिदाइ कार्यक्रममा उपस्थित मिलाफका संस्थापक अध्यक्ष एवम् साहित्यकार देवेन्द्र मिश्रले मैथिलीभाषाको विशेषता र विशिष्टता केन्द्रित विषयवस्तु राखेर सम्पूर्ण बोली–शैलीलाई एकताको सुत्रमा बाँध्ने प्रशंसनीय प्रयास भएको बताउनुभयो । अभियान टोलीले ‘मैथिली फूलन इँफुलबारी छियै’ (मैथली फूल होइन, फूलबारी हो) शीर्षकको वृत्तचित्रसमेत निर्माण र सार्वजनिक गरेको सह–संयोजक गजेन्द्र गजुरले जानकारी दिनुभयो । मिलाफ नेपाल, राजविराजका अध्यक्ष रमिला साहको अध्यक्षतामा भएको बिदाइ कार्यक्रममा मिलाफका संस्थापक सदस्य तथा गायिका कञ्चना झाले महेशवाणी गाएर साइकल यात्रीलाई बिदा गर्नुभयो । पहिलो पटक सामूहिक रूपमा ‘मिथिला देवघर साइकलयात्रा’ २०७६ को आयोजना गरिएको थियो । कोभिड–१९ का कारण विगत दुई वर्ष साइकल यात्राको अभियान रोकिएकोमा यो वर्ष पुनःमैथिली भाषाको जनजागरणका लागि साइकलयात्राको अभियानलाई निरन्तरता दिएको टोलीका संयोजक सुभाष वीरपुरियाले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology