बल नियन्त्रणमा लिने प्रयास गर्दै ।

हेटौंडा । हेटौंडा जारी पाँचौ संस्करणको हेटौंडा उपमहानगरपालिका मेयरकप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । मंगलबार सेमीफाइनल चरणको अन्तिम खेल सम्पन्न भएसँगै मेयरकप फुटबल प्रतियोगितामा फाइनल समीकरण पूरा भएको हो । मंगलबारको पहिलो खेलमा जीत निकाल्दै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ र वडा नम्बर–७ फाइनलमा प्रवेश गरेका छन् ।

आज बिहिबार हुने फाइनल खेलमा वडा–३ र वडा–७ बीच उपाधि भिड्न्त हुने निश्चित भएको छ । सेमीफाइनल चरणको पहिलो खेलमा हेटौंडा–१५ लाई हेटौंडा–३ ले २ –० गोलले पराजित गरेको थियो भने सेमीफाइनल चरणको दोस्रो खेलमा हेटौंडा–१ लाई हेटौंडा–७ ले टाइब्रेकरमा ४–३ गोलले पराजित गरेको थियो । दोस्रो खेलको निर्धारित समय २÷२ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । क्वार्टरफाइनल खेलमा हेटौंडा–८ लाई ३–१ गोलले हेटौंडा–३ ले पराजित गर्दै सेमीफाइनलको यात्रा पूरा गरेको थियो भने हेटौंडा–७ ले हेटौंडा–१८ लाई १–० गोलले पराजित गर्दै सेमीफाइनलको यात्रा पूरा गरेको थियो ।

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सुरु भएको प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि २० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गर्दा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकका लागि जनही १०÷१० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ ।