रोशन दिप – भिएस नेशन मिडिया एजेंसी र ताल म्यूजिक एंड फिल्म्सको संयुक्त आयोजनामा  डिसेंबर ६ मा अंधेरी वेस्ट, स्थित मेयर हलमा एवरग्रीन म्यूजिक अवॉर्ड समारोह को सफल आयोजन गरियो जसमा विविध कार्यक्रमको समावेश गरियो।

अवार्ड समारोहको शुरूआत एवरग्रीन कराओके किंग एंड क्वीन प्रतिस्पर्धाबाट गरियो।जसमा महिला र पुरुष प्रतिस्पर्धी सबैले आफ्नो गायिकीको अंदाज प्रस्तुत गरे। यो प्रतिस्पर्धाको जज गर्न गुजराती शकीरा उपनाबात परिचित सेलिब्रिटी पार्श्व गायिका अनुपमा सी श्रीवास्तव,  देश विदेशमा आफ्नो परफॉरमेंसबाट तहलका मचाउने अनिता शर्मा, गायक अनिल शर्मालाई बोलाइयो। प्रतिस्पर्धामा विजयी हुदै राजेंद्र कुलकर्णी एवरग्रीन कराओके किंग र दिव्या पुनीता एवरग्रीन कराओके क्वीन हुन सफल भए ।

कार्यक्रममा कैजाद पटेल के नया एल्बम मदहोशियोका यार हूं मै को पनि लन्च गरियो। एमा अवॉर्ड को सीजनमा संगीत को क्षेत्रमा उल्लेखनीय योगदान दिने लेजेंड र नवोदित प्रतिभाहरुलाई अवार्ड दिएर सम्मानित गरियो। अवॉर्ड समारोहको आयोजना  सार्थक पहल को रूपमा गत वर्ष शुरू भयो।

आयोजक तर्फका भिएस नेशन मिडिया सम्पादक देवेन्द्र खन्नाका अनुसार म्यूजिक हाम्रो सबै भन्दा ठुलो साथी हो, हामी जतिसुकै उदास निराश भएतापनि संगीत सुन्नसाथ हामीले सबै बिर्सिन्छौँ, र म्यूजिक सदा एवरग्रीन रहन्छ। उनी भन्छन्, “नवोदित प्रतिभाहरुलाई प्रकाशित पार्न र पुराना लेजेंडसहरुलाई पनि नया पीढ़ीसँग चिनाउनु यो अवॉर्ड को उद्देश्य हो”। खन्नाले समारोहलाई सफल बनाउन ससी, अनंत सिंह, मेघा पिथवा,नीतू सिंह लगाएतलाई आभार समेत व्यक्त गरे ।

देवेन्द्र खन्ना वसई गौरव अवॉर्ड, नारी शक्ति सम्मान, मिस मिसेज एवरग्रीन इंडिया ब्यूटी कॉन्टेस्ट, सिंगिंग कॉन्टेस्ट, डांसिंग कॉन्टेस्ट, म्यूजिक कॉन्सर्ट को आयोजन भिएस नेशन वसई, मुम्बई को ब्यानरमा गरिरहेका हुन्छन्।

बीतेका वर्ष यो अवॉर्ड समारोहमा लेस्ली लुईस, दिलीप सेन, सुधाकर शर्मा, राम शंकर, तृप्ति शाक्य, शोमा बैनर्जी, कपिल हरीशंकर, राजीव महावीर, रेपर हितेश्वर, विजॉय कश्यप, वास्तविक रॉय, रक्षा श्रीवास्तव, शीरीन फरीद, मनोज टकरिया, अनिता शर्मा, शोना गोंसलवेस, आदि सहित धेरै संगीतका ताराहरुका साथमा म्यूजिक लवर तथा मीडिया प्रतिनिधिहरुलाई पनि अवॉर्डबाट सम्मानित गएिको थियो।

यो वर्ष सीजनमा ९० वर्षीय गायिका संगीतकारा मधु चंद्रालाई एवरग्रीन संगीत सम्मानबाट सम्मानित गरियो। उनी सँगै वरिष्ठ गायक संगीतकार कीर्ति अनुराग, गायिका अनुपमा श्रीवास्तव, कैजाद पटेल, नायनाज जमादार मुंसफ, राजू टाक, रेपर हितेश्वर, लखन रावल, गीताबेन यादव, मॉडल एक्ट्रेस स्नेहा सिंह, एक्ट्रेस परफोर्मर शिरीन फरीद, कोरियोग्राफर चैरा फर्नेड्स, सेलिब्रिटी मेकअप आर्टिस्ट अन्नू जगताप, कल्पना, गीतकार रवि चोपड़ा,गीतकार एम प्रकाश, गीतकार नीतू सैनी, संगीतकार संजय गौरीनंदन, म्यूजिक आरेंजर राजेश राठौड़, मन्नत हाशमी, राजेश खजनिया,राकेश ओगनिया, आकाश देसाई, मच रोशन सकपाल, एंड एक्टर एंकर कमल कुमार घिमिरे जो शोको होस्ट थिए उनलाई पनि अवॉर्डले सम्मानित गरियो।

म्यूजिक समीक्षकका अवॉर्ड राजीव विजयकरलाई दिइयो भने पत्रकार दिनेश गंभवा, रुतुल कुमार, रेस्मा सामा, विपुल राठौड़, जैयश कुमार आदिलाई पनि सम्मान गरियो। समारोहमा जैनब लहरी, रेवती अय्यर, मधु मंगल दास, पंडित जगदीश आचार्य लगाएतको अतिथ्यता रहेको थियो ।