हेटौंडा । चितवन जिल्लाको माडी नगरपालिकामा तीज गीत प्रतियोगिता हुने भएको छ । यही भदौ ८ गते माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा महिला लक्षित तीज गीत प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा नगरपालिकाको वडाबाट ३ समूहले सहभागिता जनाउने पाउने छन् । प्रतियोगितामा प्रथम दोस्रो, तेस्रो र सान्त्वना हुने समूहले क्रमशः १० हजार, ७ हजार, ५हजार र ३ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।














प्रतिक्रिया दिनुहोस्