रूपन्देहीको महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिजले रेभा, एमडिआई ब्राण्डको मिल्क ड्रिक्स बजारमा ल्याएको छ। उद्योगले नेपालभर अधिकृत बिक्रेता मार्फत सामान बिक्री वितरण शुरु गरेको हो।

यसै क्रममा उद्योगले शुक्रवारबाट काठमाडौंमा पनि आफ्नो उत्पादनको बिक्री वितरण शुरु गरेको छ। महावलेश्वर उद्योग गत चैतदेखि सञ्चालनमा आएको हो। उद्योगले स्वदेशमा नै गुणस्तरीय सामान उत्पादन गरी सर्वसुलभ दरमा उपभोक्ता माझमा पुर्‍याउने लक्ष्य लिएको उद्योगका प्रबन्ध निर्देशक मेघराज भण्डारीले बताए।

उद्योगले नेपालमा उत्पादन हुने टिनको क्यानबाहेक अन्य सामग्री स्वदेशी नै प्रयोग गरेको र समग्र साधन स्रोतको परिचालनमा ८० प्रतिशत स्थानीय र २० प्रतिशत आयात गरी उद्योग सञ्चालन गरिएको सञ्चालक भण्डारीले जानकारी दिए। यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो