दुर्घना भएको एम्बुलेन्स तस्विर/ एमपी शर्मा

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा एम्बुलेन्स दुर्घटना भएको छ ।  गढी गाउँपालिकाको वडा–७ स्थित सुकौरी स्वास्थ्य चौकीको  बा.प्र.०१-००३ झ ५८०६नं.को एम्बुलेन्स  दुर्घटनामा भएको हो । मंगलबार ६ बजेर ३० मिनेटको समयमा बिरामी पुर्याएर फर्कने क्रममा  एम्बुलेन्स गाउँपालिका वडा–७ को डाँडाबाट तल खसेको वडा सदस्य प्रतिमान रुम्बाले जानकारी दिएका छन् । दुर्घटना परेर एम्बुलेन्स करिब ५ सय मिटर तल खसेको रुम्बाले बताए  । दुर्घटनाबाट गम्भिर घाइते भएका एम्बुलेन्स चालक पेमा रत्न तितुङलाई उपचारको लाागि अस्पतालमा पठाइएको जनाएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी