हेटौंडा । फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गतको मतदान सम्पन्न भयो । त्यस निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ र मकवानपुर क्षेत्र नम्बर–२ दुबै क्षेत्रबाट कूल ५९ मत खसेको थियो । मतदाताहरु पनि सबैले उत्साहित भएर मतदान गरे र शान्तिपूर्ण ढंगबाट सहज रुपमा मतदान सकियो । मकवानपुरका दुई क्षेत्रमा रहेका कूल ३ लाख १५ हजार ३ सय ३४ मतदाता मध्ये ५९ प्रतिशत अर्थात १ लाख ८६ हजार ४७ मत जनाले मतदान गरेको थियो । जस मध्ये कतिको मत बदर पनि भएको थियो ।

प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत बिहान ७ बजेदेखि साँझाको ५ बजेसम्म मतदान गर्न पाउनेगरी समय तोकिएको थियो । जस अनुसार ५ बजेनै सम्पूर्ण मतदानको कार्यक्रम सम्पन्न गरिएको थियो । मतदान सम्पन्न भएर हेटौंडा–४,स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मत पेटिका ल्याउन करिब ७, ८ घण्टाको समय लागिएको थियो । मकवानपुरको बागमती, बकैया, कैलाश, मकवानपुरगढी, राक्सिराङ्ग, इन्द्रसरोबर, भीमफेदी, थाहानगर र हेटौंडाको विभिन्न मतदान केन्द्रबाट मत पेटिका एउटै स्थानमा ल्याउनुपरेको कारणले समय लागेको थियो ।

मतदान सम्पन्न भएकै दिन मत गणना गर्न सम्भव नभएपछि भोलि पल्ट बिहान सर्वदलीय बैठक बसेपछि १०ः३० बजेबाट मत गणना गर्न सुरु गर्ने भनिएपनि दिउँसो १२ः३० बजेबाट मात्र मत गणना गर्न सुरु गरियो । मतदान सम्पन्न हुँदा सम्म विभिन्न राजनीतिक दलमा आवद्ध भएका उम्मेद्वार सहित प्रतिनिधिहरुले आफ्नो पार्टीको यति मत आउँछ र अंक गणना अनुसार यति मतले जीत निकाल्छु भनेर दावी गर्दै गर्दा दुबै क्षेत्रमा रवि लामिछाने नेतृत्वको घण्टी चुनाव चिन्ह निकट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अत्याधिक मतले ल्याउँदै जीत निकालेका छन् । अन्य जिल्लासहित मकवानपुरमा पनि रास्वपाले सबैले जित्छु भनेर दावी गर्दै गर्दा अत्याधिक मतले सुनामी ल्यायो । सर्वदलीय बैठकमा विभिन्न दलका नेताहरुले वडागत रुपमा फरक फरक मत गणना हुनुपर्ने नत्र सर्वदलीय बैठकको अर्थ नहुने दावी गरेका थियो ।

उक्त कुरालाई स्वीकार गर्दै निर्वाचन आयोगले सहमति जनाएर १२ बजेर ३० मिनेटमा मत गणना मनहरी गाउँपालिकाबाट वडागत रुपमा सुरु गरेका थिए । मत गणना स्थलमा समाचार संकलनका लागि हाम्री पत्रकाहरुका लागि न्यूज डेस्कको पनि व्यवस्था गरिएको थियो । मत गणना सुरु हुँदै गर्दा हाम्री पत्रकाहरु अरु उत्साहितै थियो । मत गणना हुँदै गर्दा मकवानपुर–२ को मनहरीबाट करिब २ घण्टापछि पहिलो परिणाम सार्वजानिक भयो । जसमा मनहरीको एक वडाबाट पहिलो गणनाको परिणाम सार्वजानिक हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुर–२ का उम्मेद्वार प्रशान्त उप्रेतीले पहिलो गणनामै अत्याधिक मतले अग्रता लिँदै सुरुवाती चरणमै अगाडि बढे । त्यसपछि मकवानपुर क्षेत्र नम्बर–१ को एक पालिकाबाट पहिलो मत गणनाको परिणाम आउँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेद्वार बनेका प्रकाश गौतमले अग्रता बढाए ।

सुरुवाती चरणामा दुबै क्षेत्रबाट रास्वपाका उम्मेद्वार प्रकाश गौतम र प्रशान्त उप्रेतीले अग्रता बढाउँदै जाँदा वडागत रुपमा मत गणना भएको कारणले अन्य विभिन्न राजनीतिक दलहरु नेपाली काँग्रेस, नेपका एमाले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टीका उम्मेद्वार तथा प्रतिनिधिहरुले यो वडाको गणना हुँन बाँकी छ । चिन्ता लिनु पर्दैन यो वडाको गणना भएपछि हामी अगाडी आउँछु भन्दै गरेका थिए । यद्यपि यसो भन्दै गर्दापनि रास्वपाका दुबै उम्मेद्वारको अग्रता बढ्ने क्रम भने जारी नै रहेको थियो । मतगणना गरेर समय बढ्दै जाँदा दुबै क्षेत्रमा रास्वपाको अत्याधिक मत ल्याउँदै अग्रता बढाएर घण्टीको सुनामी ल्याएको थियो ।

लगभग साँझ ५ बजेसम्म दुबै क्षेत्रमा मत गणना हुँदा रास्वपाले अत्याधिक मत ल्याउँदै मकवानपुरमा घण्टीको सुनामी ल्याएको थियो । नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीको २५ वर्षे ऐतिहासिक लाल किल्लालाई टोड्दै दुबै क्षेत्रमा जित निकाल्दै घण्टीमय बनेको प्रमाणित गरेका थिए । साँझ ५ बजेसम्मको मत गणनाको मत परिणाम अनुसार दुबै क्षेत्रमा रास्वपाले अत्याधिक मत ल्याउँदै निरन्तर अग्रता बढ्दै गएकोले रास्वपाको जित सुनिश्चित देखिएकोले पार्टीका समर्थकहरु पनि घण्टी बजाउँदै उत्साहित भएका थिए । हेटौंडा–४,स्थित स्कूल रोडमा अब्कीबार बालेन सरकार मकवानपुरले के भन्छ ? प्रकाश गौतम र प्रशान्त उप्रेती ल्याउन भन्छ भन्दै रमाएका थिए । अन्य पार्टीका दलहरुले आफूले यति मत ल्याउँदै जित्छु भनेर दावी गर्दै गर्दा अविश्वसनीय तरिकाले रास्वपाको जित भएको थियो । मकवानपुरमा इतिहास बोकेको अन्य पार्टीको दलहरुमा पानीको सुनामी आएको जस्तैगरी रास्वपा एकै पटक हावी भएर सुनामी आएको देखिएको थियो ।

अन्य दलहरुले जित निकाल्छु भनेर ढुक्क हुँदा पहिलो दिन मत गणना हुँदै गर्दा रास्वपाको अग्रता बढ्ने क्रम भने रोकिएको थिएन । जकबी रास्वपाको केन्द्रीय समितिले मकवानपुर जिल्लाको सन्दर्भमा रास्वपालाई आफ्नो जीतको सूचीमा नराख्दा पनि दुबै क्षेत्रमा अवीश्वसनीय तरिकाले जीत निकालेको छ । यो अत्याधिक मत ल्याएको दृश्य सबैलाई चकित पार्ने थियो त्यसैले रास्वपाको सुनामी आएको भन्दा पनि केही फरक पर्दैन । लगभग ५९ प्रतिशत मत खसेकोमा ५ प्रतिशत मत गणना हुँदा रास्वपानै अन्य दलमाथि अत्याधिक मतले सुनामी झै हावी हुँदा पार्टी निकट दलका प्रतिनिधिहरुले रास्वपाकै जित भएको घोषणा गरेका थिए । यद्यपि निर्वाचन आयोगबाट घोषणा गर्न भने २ दिनको समय लागेको थियो । सबै रास्वपाका उम्मेद्वाहरुले घण्टी बजाउँदै, घण्टी टिन टिन भन्दै रास्वपाको समर्थनमा नृत्य गरेका थिए । हामीले न्यूज डेस्कमा बसेर मत गणनाको रिर्पोटिङ गर्दै गर्दा दुबै क्षेत्रमा रास्वपाकै जित भएको निश्चित भइसकेको थियो ।

आइतबार दिउँसो सम्पन्न भएको मत गणनाको मत परिणम अनुसार झण्डै ४० हजार मत हासिल गर्दै विजयी भएका थिए । गौतमले ४० हजार हुन ४ हजार कम मत ल्याएर अर्थात ३६ हजार ३३ मतसहित मकवानपुर १ को प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भए । ३६ हजारको हराहारीमा मत ल्याउँदा अन्य दलमाथि रास्वपा सुनामी जस्तैगरी हावी भएको भन्दा पनि केही फरक पर्दैन । लामो समयदेखि राजनीतिक क्षेत्रमा क्रियाशिल रहेका उनका निकट्म प्रतिद्धन्द्धी नेपाली काँग्रेसबाट पाँचौं पटक चुनावी मैदानमा उत्रिएकी महालक्ष्मी उपाध्याय डीनाले १४ हजार ३८ मत ल्याउँदै दोस्रो भएकी छिन् ।

उनी रास्वपाका उम्मेद्वारसँग करिब २० हजार मतले पराजित भएकी हुन् । पुराना राजनीतिक दललाई पनि यसरी भारी मतले पराजित गर्नु भनेको नट अ जोक्स भनेझै यो कुरा सामान्य होइन । लामो समयदेखि राजनीति जीवन बिताएका दुई उम्मेद्वारले भारी मत ल्याउँदै मकवानपुरलाई घण्टीमय बनाएर घण्टीको सुनामी ल्याएका थिए । रास्वपाको केन्द्रीय समितिले जीतको सूचीमा नराखेको मकवानपुरमा त्यो माथि दुबै उम्मेद्वारले भारी मत ल्याउँदै पार्टीका प्रतिनिधि र पार्टीका उम्मेद्वाहरुको लागि कल्पनै गर्न नसकिने कुरा थियो । आफूले जित्छु भनेर सबैसँग दावी गर्दै गर्दा रास्वपाको जीत हुँदा उनीहरुका लागि एउटा मान सम्मानसँग निराशाजनक कुरा पनि थियो । यत्रो मत रास्वपाले ल्याउँदा उनीहरुलाई अचम्म लागेको थियो ।

किनकी सबै राजनीतिक दलका प्रतिनिधिहरुका अनुसार यो मत रास्वपाकै मात्र नभएर अन्य पार्टीका दलले आफ्नो दललाई धोका दिएर हालेको मत हो । नत्र रास्वपाकै मात्र यत्रो मत आउन नसक्ने उनीहरुको दावी पनि छ । अर्कोतर्फबाट हेर्ने हो भने पुराना दलबाट जनप्रतिनिधिहरुलाई चित्त नबुझेर रुष्ट भएर एक पटक रास्वपालाई मौका दिउँ न भनेर घण्टी चुनाव चिन्हमा मतदान गरेको हुन सक्छ । जस कारण मकवानपुरमा रास्वपाले सुनामी ल्यायो । पार्टीका केन्द्रीय सभापति रवि लामिछानेलेबाट जीत निकाल्ने दावी गर्दै तैपनि मकवानपुरको दुबै क्षेत्रमा रास्वपाले जित्नु भनेको कुरा सामान्य भन्न मिल्दैन । रास्वपाको हाल सम्म प्राप्त गरेको नतीजा अनुसार अब बहुमत ल्याउने आकल्न गरिएको छ ।

गत २०७९ सालको चुनावमा राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेद्वार दीपक बहादुर सिंहसँग चौंथो पटक पराजित भएकी थिइन् । यस अघि ३ पटक जीतको लक्ष्यसहित चुनावी मैदानमा उत्रिएकी डीना त्यस बेलाका समयमा नेकपा एमालेबाट उम्मेद्वार बनेका विरोध खतिवडासँग ३ पटकै हार व्यर्होनुपरेको थियो । नेकपा एमालेबाट उम्मेद्वार बनेका रामेश्वर राना १२ हजार ७ सय ८३ मत ल्याउँदै तेस्रो स्थानमा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेद्वार बनेका विजय गौतम १० हजार ७ सय ८८ मतले चौंथो स्थानमा रहँदा र उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामा १० हजार २ सय ५ मतले पाँचौं स्थानमा रहेका छन् । निर्वतमान सांसद समेत रहेका दीपकबहादुर सिंहल भने अन्य नयाँ दल भन्दा एकदमै न्यून मत ल्याएका छन् । मकवानपुरसहित अन्य धेरै जिल्लाहरुमा रास्वपाकै जित भएको छ । जस कारण अब झापा–५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधान मन्त्री हुने देखिएको छ ।

मकवानपुर १ मा ९५ हजार ३ सय १० मत खसेको थियो । अन्य विभिन्न जिल्लासँगै मकवानपुरमा पनि सुरुवाती चरदेखि नै रास्वपाले भारी मतले अग्रता बढाउँदै गएका थिए । मकवानपुर–२ मा ३० हजार ५० मतसहित रास्वपाका प्रशान्त उप्रेती विजयी भए । नेकपा एमालेका उम्मेद्वार महेशकुमार बर्तौलालाई ११ हजार २ सय ४ मतले उनले एउटा इतिहास रचे । मकवानपुर–२ का वर्तमान सांसद बर्तौलालाई हराउँदै रास्वपाका उम्मेद्वार उप्रेती विजयी भएर कान्छो सांसद बन्न सफल भएका छन् । जेनजी उमेहका उप्रेती २५ वर्षीय उमेर समूहका हुन् ।

काठमाडौं विश्वविद्यालयबाट लिडरसीप एण्ड म्यानेजमेण्टमा स्नाकोतरतह गर्दै गरेका उप्रेतीले पुराना दलका किल्लाहरुलाई सहजै पछि पारेका छन् । उनले नेकपा एमाले, नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टीलाई प्रभावशाली रुपले पछि पारेका छन् । २०७९ सालमा निर्वाचित प्रतिनिधीसभा सदस्य उनका आकांक्षी नेकपा एमालेका उम्मेद्वार महेशकुमार बर्तौलाले १८ हजार ८ सय ४६ मत ल्याउँदै पराजित भएका छन् । नेपाली काँग्रेसका उम्मेद्वार बुद्ध लामाले १५ हजार ५६ सय मत ल्याउँदै गर्दा अर्का आंकाक्षी नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्टले १२ हजार ४ सय ९२ मत मात्र प्राप्त गरेका छन् । उज्यालो नेपाल पार्टीका प्रविन कुमार स्याङ्तान ६ हजार २ सय ३७ श्रम संस्कृति पार्टीका युनेश लामाले ९ सय ३२ र राप्रपाका रामबहादुर थोकरले ७ सय ८५ मत ल्याएका छन् ।

मकवानपुर–२ मा निर्वाचित उप्रेतीले लामो समयदेखि राजनीतिमा जीवन बिताएका नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित अन्य विभिन्न दललाई सहजै ढंगले पराजित गरेका छन् । मकवानपुरका दुबै क्षेत्रमा रास्वपाकै उम्मेद्वारले सुरुवाती चरणदेखिनै अग्रता रहँदा आएका थिए । मनहरी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षीय प्रशान्त उप्रेती पेशाले शिक्षक तथा होटल तथा पर्यटन व्यवसायी हुन् । मकवानपुरको दुई क्षेत्रमा कूल ५९ प्रतिशत मत खसेको थियो । मकवानपुर–२ मा दलीय र स्वतन्त्रगरी कूल २१ जनाको उम्मेद्वारी परेको थियो । मकवानपुर–२ मा महेश बर्तौलालाई जित्छन् भनेर दावी गर्दै गर्दा यो दावीको अन्य गर्ने व्यक्ति हुन उप्रेती ।

रातो समाचार संवाददाता
थप जानकारी