हेटौंडा । प्रतिनिधि सभा सदस्यको निर्वाचन कार्यक्रम अन्तर्गत मकवानपुरमा ५९ प्रतिशत मत खसेको छ । बिहीबार बिहान ७ बजेबाट सुरु भएर ५ बजे सम्पन्न भएको निर्वचान कार्यक्रम अन्तर्गत मकवानपुरका दुई क्षेत्रमा ५९ प्रतिशत मत खसेको हो । मकवानपुरमा ३ लाख १५ हजार ३ सय ३४ मतदाता रहेको छन् ।

जस अन्तर्गत दुई क्षेत्र गरि मकवानपुरमा ५९ प्रतिशत अर्थात १ लाख ८६ हजार ४७ मत खसेको निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी गराएका छन् । आज बिहीबार हेटौंडा-४,स्थित भुटनदेवी माध्यमिक विद्यालयमा जिल्लाको विभिन्न स्थानीय तहको मतदान स्थलबाट मतपेटिका ल्याउने काम भइरहेको निर्वाचन अधिकृत ढकालले बताएका छन् । सबै मत पेटिका मत गणना स्थलमा ल्याउदै ६ सात घण्टा लाग्ने भएकोले बिहान सर्वदलीय बैठक बसेपछि मतगणना गरिने उनले बताए ।

मकवानपुरको क्षेत्र-१ बाट ४७ हजार ६ सय ७० जना पुरुषले र ८९ हजार ९ सय १२ जनाले मतदान गरेका छन् । यस्तै ५ अन्यले मतदान गरेका छन् । मकवानपुरको क्षेत्र-२ बाट ४८ हजार ९ सय ६४ जना पुरुषले, ४२ हजार २ सय ७६ महिला र १ जना अन्यले मतदान गरेका छन् ।