हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीले हेटौंडा- १० मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। उनीहरूसँग ११ बुक तास र ६ लाख ६ हजार ३ सय १० रुपैयाँ नगद बरामद गरेको छ । प्रहरीका अनुसार  सुरक्षा जाँचको क्रममा  परेकामध्ये फरार रहेका अर्जुन तामाङलाई नियन्त्रणमा लिएको थियो ।

उनलाई जिल्ला अदालत सिन्धुपाल्चोकले जवरजस्ती करणीको आरोपमा १० वर्ष कैद फैसला सुनाइसकेको थियो । त्यस्तै, राजेश दर्नाल माथि चोरी र डाँका सम्बन्धी ५ वटा मुद्धा विभिन्न जिल्लाहरूमा चलिरहेको छ। प्रहरीले पक्राउ परेकाहरूमाथि जुवा सम्बन्धी मुद्धामा थप अनुसन्धान जारी राखेको छ।

रातो समाचार संवाददाता
थप जानकारी