हेटौंडा । काठमाडौंको मकवानपुरगढी गाउँपालिकामा सामरी युनिटको सिलन्यास गरिएको छ । सोमबार एक कार्यक्रमकोबीच गाउँपालिका वडा नम्बर–५,स्थितकालिवनमा सामरी युनिटको सिलन्यास बागमती प्रदेशका कृषि तथा पशु पंक्षी विकास मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठले गरेका थिए । । कम्पनीको ४४ कठ्ठा जमिनमा च्याऊसँगै च्याऊको विऊ र कम्पोष्ट मल उत्पादनसँगै तालिम पनि सञ्चालन गर्नका लागि सामरी युनिटको सिलन्यास गरेको हो ।
यस अघि चन्द्रगिरी नगरपालिकामा २०७१ सालमा कम्पनीको स्थापना भएको थियो । जस अन्तर्गत मकवानपुरको चित्लाङ पछि दोस्रो फार्मको रुपमा स्थापना गरेको हो । काठमाडौंको चन्द्रागिरी नगरपालिका १२ बलम्बुमा वि.सं. २०७१ सालमा स्थापित कम्पनीले मकवानपुरको चित्लाङ फार्मपछि दोश्रो सामरी युनिट स्थापना गरेको हो । प्रदेशमा रहेका करिब ६ लाख किसानको सुचिकरण, वर्गीकरण, अभिलेखिकरण अन्तिम चरणमा पुगेको मन्त्री श्रेष्ठले बताए । प्रदेशका ६ वटा स्मार्ट फार्म संचालन गर्न कृषि मन्त्रालयले साझेदारी गर्ने उनले बताए ।
उच्च प्रविधिको प्रयोग गरेर च्याऊ उत्पादन गर्ने उनले जानकारी दिए । असोज देखी दैनिक एक हजार र अर्को वर्षदेखी दैनिक तीन हजार किलो च्याऊ उत्पादन गर्ने बताए । सामरी युनिटमा तीन वर्षमा १५ करोड लगानी गर्ने र पछि थप ९ करोड रुपैया लगानी गर्ने उनले बताए । भदौ देखी कम्पोष्ट मल र असोज देखी च्याऊ उत्पादन गरी नेपाल भर वितरण गर्ने भन्दै उनले च्याऊ उत्पादन तालिमसँगै च्याऊको विऊ पनि विक्री गर्ने लक्ष्य रहेको बताईएको छ ।























प्रतिक्रिया दिनुहोस्