हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ बागधारा स्थित कान्तिलोकपथ सडकखण्डमा बस दुर्घटना हुँदा ४ जना यात्रु घाइते भएका छन् । आइतबार दिउँसो  ११:५० बजे फापरबारी–बस्तीपूरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख २९४ नम्बरको बस ब्रेक फेल भई अनियन्त्रित इलाका प्रहरी कार्यालय ठिङ्गनबाट करिब ११ किलोमिटर दक्षिण–पश्चिमतिर भएकै कारण सडकको बाँया नालामा कोल्टे परेको हो ।

दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी सहायकनिरीक्षक विष्णु दयाल साहको कमाण्डमा ४ जनाको टोली र अस्थायी प्रहरी पोष्ट जितपुरबाट कुलबहादुर मगरको नेतृत्वमा २ जना गरी ६ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। बसमा सवार यात्रु मध्ये पहिचान खुल्न बाँकी एक महिला र तीन पुरुष गरी ४ जना मध्यम चोटपटक लागेको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई तत्कालै उपचारका लागि मकवानपुर सहकारी अस्पताल पठाइएको छ । दुर्घटनापछि सडक अबरुद्ध नभएको र बस घटनास्थलमै रहेको प्रहरीले पुष्टि गरेको छ। बस चालक मकवानपुर बकैया गाउँपालिका–१० अम्बासका ३१ वर्षीय गोकुल तिमल्सिनालाई प्रहरी नियन्त्रणमा लिइएको छ।

रातो समाचार संवाददाता
थप जानकारी