हेटौंडा । देशभरीका नेकपा माओवादी निकट संगठन प्रेस सेन्टरले कृष्ण सेन इच्छुक’को स्मृति दिवस मनाउँदै छ । करिब २३ वर्षअघि राज्यबाट हत्या गरेर मारिएको पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवस भोलि मंगलबार देशैभरी विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउन लागेको प्रेस सेन्टरले जनाएको छ । पत्रकार कृष्ण सेन जनदिशा दैनिक पत्रिकारको प्रधान सम्पादक थिए । वि.सं २०५९ साल जेठ १३ गते जनदिशा पत्रिकाको प्रधान सम्पादक रहँदाको समयमा उनको हत्या गरिएको थियो । त्यसैको सम्झनामा उनलाई स्मरण गर्नका लागि हरेक वर्षको जेठ १३ देशभरीको प्रेस सेन्टर संस्थाले कृष्ण सेनको स्मृति दिवस मनाउँदै आइरहेको जनाएको छ ।

२३ औं कृष्ण सेन स्मृति दिवसको १ दिन अघि केन्द्रीय समितिका महासचिव मनोज घर्ती मगरले एक सूचना जारी गर्दै भोलि मंगलबार स्मृति दिवस कार्यक्रमको आयोजना गर्ने लागेको जानकारी गराएका छन् । विभिन्न प्रदेशको सहभागितामा आयोजना हुने कार्यक्रममा काठमाडौं महानगरपालिकाको बिजुली बजारस्थित कृष्ठल पार्टी प्यालेसमा हुने महासचिव घर्ती मगरले बताए । पहिलो चरणको कार्यक्रम अन्तर्गत कृष्ण सेनको जीवनको बारेमा भिडियो मार्फत जानकारी गराइने र दोस्रो चरणको कार्यक्रममा पीसिएन संवाद हुने उनले बताए ।

पीसिएन संवादमा ‘गणतन्त्र र समाजवादको यात्रा’ र ‘कृष्ण सेन ‘इच्छुक’ र जनपक्षीय पत्रकारिता’ विषयक वक्ताहरुसँग संवाद गरिने उनले बताए । सेन्टर पत्रकारलाई प्रदान गरिने पुरस्कारको घोषणा गर्ने जनाएको छ । प्रदेश समिति, जिल्ला शाखा र पालिका समितिहरुबाट सेनको विचार, गणतन्त्रसहितको राजनीतिक परिवर्तन, जनपक्षीय पत्रकारिताका विषयलाई केन्द्रीत बनाएर स्मृति दिवस मनाइने उनले स्पष्ट पारेका छन् ।