हेटौँडाका संचारकर्मी रोशन दिप ले अभिनय गरेको भोजपुरी फिल्म  “दिलने कर लिया ऐतवार” को ट्रेलर सार्वजनिक भएको छ ।

संचारक्षेत्रमा आवद्ध रहेरका रोशन दिप केही म्युजिक भिडियोमा अभिनय र एक्सन निर्देशन पनि गरेका छन् ।

नेपाली र केही भोजपुरी, हिन्दी, मराठी, गुजराती फिल्म देखि ,वेयव सिरिजमा समेत अभिनय गरेका छन् भने हालै उनले नेगेटिभ पक्षमा फाइटर बनेको दिलने करलिया ऐतवार को ट्रेलर सार्वजनिक भएको हो ।

भोजपुरीको एक्सन निर्देशक उस्मान अंसारीले काम गर्ने मौका दिएको रोशन दिपले बताए ।

उक्त फिल्ममा अबिनास पाण्डेको निर्माण नवोजोत पोद्धारको निर्देशन   प्रेम सिंह, देव सिंह, माही, आयज खान लगायतको अभिनय
श्रवण कुमारको एक्सन निर्देशन रहेको फिल्ममा फाइटरको भुमिकामा दिप पनि देखिएका हुन् ।

मनोज कुमार गुप्ताको कथा लेखन नवजोत पोद्धरको निर्देशन,संजय सुमनको नृत्य निर्देशन रहेको भोजपुरी फिल्ममा सन्नी शर्माको छायांकन रहेको छ ।
बजरंगी कुमार र रिवाज खानको गितमा अमन श्लोक,अनुज तिवारी र राज गाजीपुरको संगीत भरेका हुन् ।

भोजपुरी फिल्म दिलने करलिया ऐतवारShujay Music World युट्युव च्यानलमा सार्वजनिक भएको हो ।