Rato Samachar
Sat, 5 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

भूमिगत जल संरक्षण गर्न दुर्छिममा समुच्च खाडल निर्माण

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीय बासिन्दाले भूमिगत जल संरक्षण गर्न समुच्च खाडल (ट्रेञ्च) निर्माण गरेका छन् । जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाको आर्थिक सहयोग तथा हाम्रो साना किसान कृषि सहकारी संस्था दुर्छिमको संयोजनमा स्थानीय बासिन्दाले भूमिगत जल संरक्षण गर्ने उद्देश्यले वर्षात्को पानी जम्ने ट्रेञ्च निर्माण गरेका हुन् । सुक्खाग्रस्त क्षेत्रमा पर्ने दुर्छिमका स्थानीय बासिन्दाले ताराखसे सामुदायिक वन ब्लक एक, खिरिम्ते सामुदायिक वन, धारापानी निजी वन ब्लक दुई र सारुवा भुइचुङ निजी वनमा ‘बङ्कर’जस्तो देखिने लाम्चो आकारको खाल्डो निर्माण गरिएको छ । जनसङ्ख्या वृद्धि भएसँगै पानीको अभाव हुन थालेपछि पानीको स्रोत संरक्षण गर्दै पानीको मात्रा वृद्धिमा टेवा पु¥याउने लक्ष्यसाथ चार स्थानमा एक हजार आठ सय ५० घनमिटर ट्रेञ्च निर्माण गरिएको सहकारी संस्थाका अध्यक्ष मनकुमार राईले जानकारी दिनुभयो । स्थानीय बासिन्दाले सामुदायिक तथा निजी वनमा बारीको गह्राजस्तै लामो–लामो खाल्डो बनाएका छन् । वर्षात्को पानी खाल्डोमा जम्ने र जमिनमा सोसिएपछि तल्लो क्षेत्रका मुहान तथा खोलामा पानी बढ्ने अपेक्षा गरिएको छ । भूमिगत जल संरक्षणका लागि दुर्छिमकै धारापानी एक मुहान र धारापानी दुई मुहानसमेत संरक्षण गरिएको छ । सिमेन्टको कङ्क्रिट प्रयोग गरेर संरक्षण गरिएको मुहानबाट राँभू र कोटगैराका एक सय २४ घरधुरी उपभोक्तालाई खानेपानीको सुविधा मिलेको स्थानीय नैनसरी राईले बताउनुभयो । संरक्षण गरिएको पानीका मुहान खुला राखिएकाले वर्षात्को समयमा भलबाढी र अन्य फोहरले पानी दूषित हुने देखिएको छ । बाहिरी भागमा तारजाली प्रयोग गरेर गाईवस्तु प्रवेश गर्न नसक्ने बनाइए पनि खुला राखिएकाले दूषित हुने देखिएको हो । धारापानी तीन मुहानमा रिचार्ज पोखरी र राबुको वालिङ्खा घामपानीमा सिचाइँ पोखरीसमेत निर्माण गरिएको छ । मुहान संरक्षणअन्तर्गत खोल्सामा चारवटा ‘चेक ड्याम’ हालिएको सहकारी संस्थाका अध्यक्ष राईले बताउनुभयो । पानीको मुहान संरक्षण, समुच्च खाडल निर्माण र संरक्षण पोखरी निर्माणमा आयोजनाको रु १९ लाख तथा उपभोक्ताको २५ प्रतिशत श्रमदान लागेको छ । मुहान संरक्षण र पोखरी निर्माणले स्थानीयवासीलाई केही राहत मिलेको देखिएको छ । विसं २०६७ मा सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको हलेसी तुवाचुङ नगरपालिकाको अधिकांश वडामा खानेपानीको समस्या छ । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी बजारमा ट्याङ्करमा बोकेर ल्याएको पानी खरिद गरेर उपभोग गर्नुपर्ने बाध्यता छ । हलेसी क्षेत्रमा खानेपानी आपूर्ति गर्न सरकारले रु एक अर्बको आयोजना विस्तारको काम सुरु गरे पनि उक्त आयोजनाको काम अलपत्र बनेको छ । दूधकोसीको पानी पम्पिङ गरेर गाउँमा वितरण गर्ने आयोजना निर्माण व्यवसायी कम्पनीको लापरबाहीले अलपत्र बनेको हो । महादेवस्थान, दुर्छिम, मङ्गलटार र बडहरेका लागि दूधकोसीको महादेवबेँसी तथा च्यास्मिटार, डिकुवा र बडहरेका उपभोक्ताका लागि दूधकोसीकै पिप्लेबाट लिफ्टिङ गरेर वितरण गर्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । करिब २० हजार उपभोक्ता रहेको उक्त क्षेत्रमा दूधकोसीको पानी तानेर हरेक घरमा वितरण गर्ने गरी पम्पिङ प्रविधिको आयोजना सुरु गरिएको हो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology