गत वर्षको प्रतियोगितामा उपाधि विजेता बनेको हेटौंडा फुटबल एकेडेमीको टिम ।

हेटौंडा । छिमिकी मूलूक भारतको सिक्कीममा हुन लागेको इन्डिपेन्डिङ्ग डे फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी मकवानपुर नेपालको टिम सहभागी हुन भएका छन् । जुलाई महिनाको २६ तारिखबाट भारतमा सुरु हुने ७९ औं इन्डिपेन्डिङ डे फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मकवानपुरको हेटौंडा फुटबल एकेडेमीको टिम सहभागी हुने लागको हो । इन्डिपेन्डिङ डे फुटबल हरेक वर्ष इन्डिपेन्डिङ्ग डे को अवसरमा सुरु हुने प्रतियोगिता १५ अगष्ट अर्थात इन्पिेन्डिङ्ग डे को दिन सम्म सञ्चालन हुने हेटौंडा फुटबल एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षक भीम लामाले जानकारी दिएका छन् ।

मुनसोङ्ग सिनचोन युथ क्लबको आयोजनामा मुनसोङ्ग खेल मैदानमा हुने प्रतियोगिताको मंगलबार सामाजिक सञ्जालमार्फत आयोजकले खेलतालिका सार्वजानिक गरेको छ । हेटौंडा फुटबल एकेडेमीले अगष्ट ८ मा हुने पहिले खेलमा सङ्ग्राम ब्वाइजको टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षक भीम लामाले बताए । उक्त खेलमा जीत निकालेमा हेटौंडा फुटबल एकेडेमीले सेमीफाइनको यात्रा पूरा गर्नेछन् । प्रतियोगितामा २४ वटा टिमहरुको सहभागिता रहेको प्रशिक्षक लामाले बताउनुभयो । प्रतियोगितामा टिम म्यानेजरको भुमिका सन्जय लामा गर्नेछन् । हेटौंडा फुटबल एकेडेमी विभिन्न प्रतियोगितामा सहभागी हुँदै आएको छ ।

यस वर्षको फुटबल प्रतियोगिताको खेलतालिका ।

प्रतियोगिताको उपाधि विजेता टिमले एकलाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रशिक्षक लामाले अट्याकिङ, पोजेटिभ ट्रान्जीसन, नेगेटिभ ट्रान्जीसन र डिफेन्सीपको ट्रेनिङ दिने गरेको र यी मुमेन्टले बढी ड्रिल प्रशिक्षण गराउने गरेको बताए । लामाले एकेडेमीका खेलाडीहरुलाई पनि विगत ९ वर्षदेखि प्रशिक्षण दिँदै आइरहेका छन् । लामा एन्फा मकवानपुरका महिला टिमका प्रमुख प्रशिक्षक पनि हुन् । सिक्कीमा हुन प्रतियोगितामा सहभागी हुनका लागि हेटौंडा फुटबल एकेडेमीको टिमले तयारी गरिरहेको छ ।

गत वर्ष सिक्किमस्थित मुनसुङ खेलमैदानमा सम्पन्न भएको फाइनल खेलमा घरेलु टोली वेष्ट बंगालको बरमेक क्लबलाई २–१ गोलअन्तरले हराउँदै हेटौँडा फुटबल एकेडेमीले उपाधि जित्न सफल भएको थियो भने पहिलो पटक सहभागी हुँदा एकेडेमी उपविजेता बनेको थियो । यस्तै भरतमा भएको सद्भावना महिला फुटबलमा सहभागी भएको एकेडेमी उपविजेता बनेको थियो । उपाधिसँगै हेटौँडा फुटबल एकेडेमीले भारतीय एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता बरमेक क्लबले भारतीय ६० हजार रुपैयाँ प्राप्त गरेको थियो । उनले विशेषगरी ४ विधामा खेलाडीहरुलाई प्रशिक्षण दिने गरेको बताए । सिक्कीमको फुटबल प्रतियोगितामा सहभागी हुन एकेडेमीले तयारी गरिरहेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी