हेटौंडा । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूूर्यविनायकमा नयाँ रंगशाला बनाउने विषयमा छलफल गरेका छ्न् । आइतबार विशेष समारोहकाबीच बालुवाटारमा राष्ट्रिय खेलकुुद परिषद् (राखेप), अखिल नेपाल फुटबल संघ (एन्फा) र सूूर्यविनायक नगरपालिकाका नेतृत्वसँग प्रधानमन्त्री ओलीले भक्तपुरको सूूर्यविनायकमा बनाउने नयाँ रंगशालाको विषयमा केन्द्रीत रहेर छ्लफल गरेका हुन् ।
भक्तपुरको सूूर्यविनायकमा कम्तीमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने खालको सुविधासम्पन्न रंगशाला बनाउने प्रधानमन्त्री ओलीको घोषणा गरेका छ्न् । काठमाडौँको दशरथ रंगशाला सानो भएकाले ठूलो रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गा लगायत आवश्यक पूर्वाधारको प्रबन्धका लागि परामर्श गरेको बताए । नगरपालिकाले वडा नम्बर ८, जगाते (पुरानो इँट्टा टायल कारखाना)स्थित दुुई सय रोपनी जग्गा उपलब्ध गराउने प्रक्रिया छिटो अघि बढाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको छ ।
छलफलमा नगरपालिकाका प्रमुुख वासुुदेव थापा, राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायतको उपस्थिति रहेको थियो ।


















प्रतिक्रिया दिनुहोस्