Rato Samachar
Sat, 30 May, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

बज्रबाराही चापागाँउ अस्पताललाई भवन अभाव

गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा व्यवस्थित भवनको अभाव रहेको छ । अस्पतालमा आवश्यकता अनुसारका आधुनिक भवन नहुँदा विभिन्न सेवा तथा सुविधाको लागि अप्ठयारो परेको छ । “राम्रो भवन नभएकाले दिइनुपर्ने जति उपचार सेवा दिन सकिरहेका छैनाँै”, अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले व्यवस्थित भौतिक संरचना अभावका कारण कयौँ उपचार सेवा सुरुआतनै गर्न पाएनाँै । भवन राम्रो भए प्रसूति तर्फ शल्यक्रियाको सेवा दिने थियौँ ।” हालसम्म सो अस्पतालले शल्यक्रियारहित प्रसूति सेवा दिँदै आइरहेको दर्नालले जानकारी गराउनुभयो । “आधुनिक भवन बनाउन सरकारसँग दश करोड मागेकोमा दुई करोड पाउने आश्वासन पाएका छाँै । सो रकम भएपनि शल्यक्रिया सेवा दिन सक्थ्यौ”, उहाँले थप्नुभयो ।” अस्पतालमा भिडियो एक्स–रे सेवा भए पनि समय अनुसारको अझै आधुनिक उपकरणको आवश्यकता महसुस गरिएको जनस्वास्थ्य निरीक्षक सुद्रर्शन बजगाईंले बताउनुभयो । उहाँले भन्नुभयो,“अस्पतालमा थाइराइड परीक्षण गर्ने प्रविधिको समेत अभाव छ ।” उक्त अस्पताल कहिले स्थानीय त कहिले प्रदेश सरकार मातहत चल्ने भन्ने अन्यौलले उपचार सुविधा दिन कठिनाइ भईरहेको बजगाईंको बुझाइ छ । सो अस्पताल हाल वाग्मती प्रदेश सरकार मातहतको रहँदा अस्पताललाई चाँहिने जस्तो उपयुक्त भवन नरहेका कारण बाल तथा स्त्रीरोगसम्बन्धी सेवालाई प्रभावकारी बनाउन नसकेको प्रशासन शाखा प्रमुख हीराबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “ भवनसँगै चिकित्सकको पनि अभाव छ ।” अस्पताल अहिले १५ शैयाको । साथै २५ शैयाको स्वीकृत पाइसकेको र पछि पुनः एक सयसम्मको हुने योजनामा अघि बढिरहेको कार्कीले जानकारी गराउनुभयो । चापागाउँ अस्पतालले बहिरङ्ग, २४औँ घण्टे विभिन्न आकस्मिक तथा परिवार नियोजन सेवा, रगत र कोरोना परीक्षण, क्षयरोग सम्बन्धित खकार जाँच, एक्स–रे एवं भिडियो एक्स–रे हुँदै दुई एम्बुलेन्समार्फत बिरामीलाई सेवा दिइरहेको दर्नालको भनाइ छ । विगतमा ‘बज्रबाराही सामुदायिक अस्पताल’ को नामले सञ्चालन भएको सो अस्पताल हाल भने ‘बज्रबाराही चाँपागाउँ अस्पताल’ को नामले उपचार सेवा दिइरहेको छ । सो अस्पतालमा गोदावरी, दक्षिण ललितपुरका वाग्मती तथा कोञ्ज्योसोम र महाङ्काल गाउँपालिकाका हुँदै मकवानपुरवासी समेत सेवा लिन आउने गरेका बजगाईँले सुनाउनुभयो । अस्पतालमा कोभिड परीक्षण गर्ने पिसिआर प्रयोगशालासहित अक्सिजन उत्पादन गर्ने प्लान्टकोसमेत व्यवस्था छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चितवन रोभर–रेन्जर क्रिउ द्वारा मित्रता, भेटघाट तथा प्रशिक्षण क्याम्प

हेटौंडाको टोल विकासले विविध कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाउने

रातो समाचार संवाददाता

बजेट भाषण : आर्थिक विकास, रोजगारी र समृद्धितर्फ नेपालको नयाँ कदम

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड, उसुतर्फ मकवानपुरलाई काँश्य पदक दिलाउने युना एकल छात्रा

रुपन्देहीका दिनेशले जिते गणतन्त्र दिवसको ५ किलोमिटर खुल्ला दौडको उपाधि

रातो समाचार संवाददाता

हटौंडा-१२ वडा कार्यालयको पहल, स्थानीय दीर्घरोगीहरूलाई निःशुल्क औषधी

काठमाडौंमा प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु, भलिबलमा छात्र र छात्रातर्फ मकवानपुर क्वार्टरफाइनलमा

रातो समाचार संवाददाता

पेट्रोलदेखि भान्सासम्म महँगीको आगो : राहत माग्दै युवा अभियानता भोजराज संजेल

बागमतीमा एचआइभी संक्रमण घट्दो क्रममा, तर चुनौती अझै उस्तै 

रातो समाचार संवाददाता

नवोदय शिशु सदनले जेठ १५ गतेदेखि नवोदय मुन कार्यक्रम गर्दै, २०० जना विद्यार्थीको सहभागिता रहने

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

चितवन रोभर–रेन्जर क्रिउ द्वारा मित्रता, भेटघाट तथा प्रशिक्षण क्याम्प

हेटौंडाको टोल विकासले विविध कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाउने

रातो समाचार संवाददाता

बजेट भाषण : आर्थिक विकास, रोजगारी र समृद्धितर्फ नेपालको नयाँ कदम

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड, उसुतर्फ मकवानपुरलाई काँश्य पदक दिलाउने युना एकल छात्रा

रुपन्देहीका दिनेशले जिते गणतन्त्र दिवसको ५ किलोमिटर खुल्ला दौडको उपाधि

रातो समाचार संवाददाता

हटौंडा-१२ वडा कार्यालयको पहल, स्थानीय दीर्घरोगीहरूलाई निःशुल्क औषधी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology