कर्णाली प्रदेशमा फरार अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेका छन्। नेपाल प्रहरीको सक्रियता बडेसँगै अभियुक्तहरू पक्राउ पर्न थालेका हुन्।

२०७९ साउन १ गते यता कर्णाली प्रदेशभर १ सय ५४ जना फरार अभियुक्तहरू पक्राउ परेका छन्। पक्राउ परेका अभियुक्तबाट १ सय ८७ वर्ष ४ महिना २६ दिन कैद असुल प्रहरीले गरेको छ।

उनीहरूबाट ९७ लाख रकम बिगो असुल गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) भीम प्रसाद ढकाल माघ ११ गते हाजिर भएपछि २५ जना अभियुक्त पक्राउ परेका छन्।

बहुविवाह, चेक अनाधर, पुरानो पेण्डिङ कर्तव्य ज्यान, सम्बन्ध विच्छेद्य, लागु औषध, गाली बेईज्यती, जालसाजी, गर्भपतन र कुटपिट लगायतका मुद्दाहरूमा फरार रहेका अभियुक्तहरूलाई धमाधम पक्रन प्रहरी सफल भएका हो।

त्यस्तै लागु औषधमा प्रयोगकर्ता तथा कारोबारीहरू धमाधम पक्राउ गरेका छन्। कर्णाली प्रदेशभर २०७९ साउन १ गतेयता माघ २१ गतेसम्म लागु औषध सम्बन्धी १ सय ८ जना पक्राउ परेका छन्। उनीहरूबाट १ सय ९४ ग्राम ६४ मिली ग्राम ब्राउन सुगर, ४ सय ६ ग्राम गाँजा, ८७ मिलिग्राम चरेस, १ सय ७५ ट्याब्लेट नाईट्राजेपाम सहित ५ लाख ८ हजार ७ सय ६५ रुपैयाँ बरामद भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) माधव प्रसाद श्रेष्ठले बताए।

कर्णालीका दश जिल्लामै प्रहरी सक्रियता बढ्दो छ। सवारी साधन दुर्घटना न्यूनीकरणका लागि सुरक्षित यात्रा कार्यक्रम जिल्लाका प्रमुख नाकाहरूमा चालक र यात्रुहरूसँग पाँच मिनेट गुनासो सुन्ने र ट्राफिक सचेतना कार्यक्रम समेत गर्ने गरिएको छ।

फरार अभियुक्तहरूलाई पक्राउ गर्नको लागी विशेष अभियानलाई मातहत जिल्लाहरूमा कडाइका साथ लागु गरी उल्लेखनियरुपमा फरार अभियुक्तहरू पक्राउ गर्ने काम भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधव प्रसाद श्रेष्ठले बताए।

नागरिक न्युजबाट साभारछ ।