कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका मन्त्री कृष्णप्रसाद सिलवाल ।

हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्रालयका वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले प्यालष्टिक जन्य पदार्थको बढी प्रयोग गर्नाले वातावरण असर पु¥याएको बताएका छन् । तरकारी, खाद्यान्न सागाग्री राख्नका र डस्टिबनको लागि प्लाष्टिक जन्य पदार्थको कम प्रयोग गर्नुपर्ने बताएका छन् । सोमबार हेटौंडा–११,स्थित होटल स्मारकमा प्रदेशको सञ्चारकर्मीहरुका लागि आयोजित जलवायु परिवर्तन र असरबारे क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कृष्णप्रसाद सिलवालले प्याष्टिक जन्य पदार्थको प्रयोगलाई कम गर्दै गएमा वातावरण प्रदुष्मा कमी आउने बताएका हुन् ।

बागमतीको जिल्लाको पालिकाको वडाहरुमा प्लाष्टिक रहित वडा बनाउनका लागि भूमिका खेल्ने उनले बताए । उनले आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशको वन मन्त्रालयका लागि ७ अर्बको बजेट छुट्याएको बताए । ३ वटा वनको क्षेत्रमा समृद्धिको आधारमा उपयोग गर्ने लक्ष्य लिएको उनले बताए । जलाधार, भूसंरक्षण, त्रिशुली, सिन्धुलीको मरिण, राप्ती नदिको क्षेत्रमा व्यवस्थित रुपले काम गर्ने उनले बताए । मन्त्रालयले वातावरण र भूसंरक्षको क्षेत्रमा काम गरेको उनले बताए ।

गएको असोज ११ र असोज १२ गतेको बाढी पहिरोको कारणले वातावरणको क्षेत्रमा ठूलो क्षति पु¥याएको जलाधार क्षेत्रको संरक्षणको लागि काम गर्ने बताए । प्रदेशको वातावरण र वन क्षेत्रको संरक्षणमा काम गर्नका लागि घोषणा गर्ने बताए । मानिसहरुले मात्र नभइ जीव जन्त जनवारले पनि वाच्न पाउनुपर्ने भएकोले सो कुरालाई बुझेर जनवारलाई संरक्षण गर्नुपर्ने कुरामा अग्रसर भएको उनको भनाई छ ।

मन्त्रालयका सचिव डा.केदार बरालको सभाध्यक्षमा भएको कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगर, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, वन अधिकृत डा. राधिका शर्मा, महाशाखा प्रमुख शिव देवकोटाको उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी