Rato Samachar
Thu, 23 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

प्रशासकीय भवन निर्माण

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मौलिक शैलीको प्रशासकीय भवन निर्माण गरेको छ । गाउँपालिकाको केन्द्र कागबेनीमा तिब्बती कला र संस्कृति झल्कने दुईतले २४ कोठे भवन निर्माण भएको हो । गाउँपालिकाका अध्यक्ष रिङजिन नामग्याल गुरुङले भवनमा मुस्ताङको धार्मिक संस्कृति झल्किने गरी भित्ते लेखन र संरचना निर्माण गरिएको बताउनुभयो । “मौलिकता झल्किने गरी भवनको बाहिरी आवरण, फर्निचर, प्रवेशद्वारमा भित्ते लेखन र रङरोगन गरिएको छ”, उहाँले भन्नुभयो, “मौलिकताको संरक्षण÷सम्वद्र्धन र प्रचारप्रसार गर्ने गरी अन्य पालिका भवनभन्दा किसिमको भवन बनाइएको हो ।” भवनको बाहिरी आवरणमा थान्का चित्रको दृष्य प्रष्ट्याउन खोजिएको छ । थान्का कलासंस्कृति बौद्ध दर्शनलाई सहजताका साथ व्याख्या गर्ने सजिलो माध्यम हो । बारागुङको प्रशासकीय भवनजस्तै मुस्ताङका अधिकांश गुम्बा यही शैलीमा निर्माण भएका छन् । कागबेनी–मुक्तिनाथ सडक छेउमा रहेको भवन पाहुना र पर्यटकका लागि पनि आकर्षण बनेको छ । भवन हेरेर मुस्ताङको कला र संस्कृतिको बारेमा बुझ्न सकिन्छ । जनप्रतिनिधिको कार्यकक्षमा बौद्ध संस्कृति झल्किने थान्का झुन्ड्याएको छ । सुती र रेशमको बुट्टेदार कपडा बनाएको थान्का चित्र सजाइएको छ । बौद्ध धर्मका देवीदेवता, दृष्य र मण्डला चित्रित छन् । सङ्घीय सरकारको समानीकरण अनुदानमा आर्थिक वर्ष २०७५÷७६ देखि भवन निर्माण सुरु भएको थियो । चार हजार नौ सय ९५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको भवन निर्माणका लागि रु तीन करोड ९० लाख विनियोजन भएको थियो । गिता क्रियटिभ जेभीले ठेक्कामार्फत भवन निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र विषयगत शाखाका लागि कार्यकक्षका साथै सभाहलसहितको भवन बनाइएको छ । तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको जनजीवन, कला, संस्कार र संस्कृति तिब्बतसँग मिल्दोजुल्दो छ । यहाँका अधिकांश मानिसले बुद्ध धर्ममा आस्था र विश्वास राख्ने गर्छन् । पद्यसम्भव मुस्ताङ हुँदै तिब्बत पुगेर शान्ति स्थापना गरी बुद्ध धर्मको संरक्षण गरेपछि मुस्ताङमा बुद्ध धर्मको सुरुआत भएको थियो । –––राष्ट्रिय समाचार समिति

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल बैशाख १७ गतेबाट, विजेताले १० लाख रुपैयाँ पाउने

रातो समाचार संवाददाता

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री

लोकप्रिय



भर्खरै

Exploring Popular Games at the Best Online Casino in Canada

Скачать Pin Up kz: все доступные разделы и сервисы для пользователей

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology