हेटौंडा । प्रतिनिधि सभा सदस्यको निर्वाचन कार्यक्रम अन्तर्गत हेटौंडामा मतदान कार्यक्रम सुरु भएको छ । आज बिहीबार बिहान बाट मतदान कार्यक्रम सुरु भएको हो । निर्वाचनको मतदान कार्यक्रम बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म मतदान गर्न पाउने समय तोकिएको छ । हेटौंडा-२,स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा बिहानबाट मतदान सुरु भएको छ ™।
प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर-१ बाट २३ जना र मकवानपुर क्षेत्र नम्बर-२ बाट २१ जना गरि कूल ४४ जनाको उम्मेद्वारी परेको छ । जसमा मकवानपुर-१ बाट नेपाली काङ्ग्रेसकि महालक्ष्मी उपाध्याय डीना, नेपाली कम्युनिष्ट पार्टी नेकपाका विजय, गौतम र नेकपा एमालेबाट रामेश्वर राना लगायतको उम्मेद्वारी परेको छ ।
हेटौंडा-४,स्थित भुटनदेवी माध्यमिक विद्यालयको ‘ए’ ब्लक भवनमा र मकवानपुर-१ को मतगणना हुनेछ । यस्तै, मकवानपुर-२ को मतगणना भुटनदेवी माविको ‘बी’ ब्लक भवनमा गरिने छ । जिल्लाभरी एक लाख ५३ हजार ३७६ महिला मतदाता रहेका छन् भने एक लाख ६१ हजार ९५३ पुरुष मतदात रहेका छन् । महिला पुरुषगरीकुल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन् । जिल्लाभर १६७ मतदान स्थल तथा ३७४ मतदान केन्द्र निर्धारण गरिएको छ ।




















प्रतिक्रिया दिनुहोस्